छोरी निशा लघुको वैवाहिक जीवन सफल होस्


फाल्गुन ६, २०८०, आइतबार | दिउँसो ०२:३८ बजे | 30


छोरी निशा लघुको वैवाहिक जीवन सफल होस्

कुमार लघु,ख्वप
म कुमार लघु र मैयाँ लघु बासुकलाकी छोरी निशा लघुको फागुण २ गते श्रीपञ्चमीको दिनमा स्वयम्वर परेको,भएको थियो । छोरा अमित कुमार लघुको छोरा मेरो नाति रचित कुमार लघुको ब्रतवन्ध गरेकै वेला स्वयम्वर थियो। 
आजको चार दिन अगाडि बालाखु गणेशमा बाजागाजा र नाता कुटुम्व सहित बालाखु गणेश मन्दिरमा आचाजुले शोलोक मन्त्र विधिविधान अनुसार बोकाको भोक्ष दिएर जविनमा गर्नपर्ने संस्कृति परम्परालाई अंगिकार गरेर सम्पन गरेको दिन श्रीपञ्चमीको दिन हो ।
नेवार परम्परा अनुसार शुभ ब्रत्बन्धमा र शुभ विवाह गरी नाति र माइली छोरीको संस्कृतिको गक्ष अनुसार जीवनमा गर्नुपर्ने महत्वपूर्ण काम सफलताका साथ सकेको छ । 
नातिको २ गते ब्रतवन्ध गरी ३ गते चर्थी आफ्ना शाक्य जःको दाजुभाइ वसेर स्यूका भोज, भ्वय खाइयो, जुन भोज खानलाई आफना आमा बा बाजे मामा घरको इष्ट मित्रहरू बोलाई सकुल भोज, भ्वय ख्वाइयो । 
भविष्यका युवा युवतीहरूलाई आफूले जीवनमा विवाह र सन्तानहरूको ब्रतवन्ध गर्न आम्दानी गरी शुभ कार्यमा खर्च गर्नपर्छ । हरेक महिनामा दिनको दिन वचत गरी राख्नपर्दाे रहेछ नत्र गाह्रो हुनेछ म यो कुरा अनुरोध गर्न चाहान्छु ।
लौ बैले भोज कहाँ ख्वाइयो त कहाँ भन्ने प्रस्न आउनु स्वभाविक हो । तपाईहरूको प्रस्नको उत्तर दिन चहान्छ ु। उत्तरदेखि दक्षिणसम्म गएर भोज खाइयो र ख्वाइयो । फेरी कुन ठाउँ र कुन भेन्यूमा भनेर प्रस्न आयो । व्यासीदेखि ८०० मिटरको दुरीमा सूर्यविनायक पार्टी भेन्यूमा साथी राजन अवालले खोलेर सेवा दिन बसालेको सूर्यविनायक पार्टी भेन्यूमा झ्वःभोय, भोज सरल सबैलाई मेचमा बसाई टेवलमा लपेतेमा खाने कुरा चिउरा, आलु ,अचार, चना, बोडी, गोलभेडा अचार सिम्पु, मिक्वा हरियो साग, मूला, केराऊ, गाजर, पंक्वा, बोकाको मासु, डायका ला, मूलाको चाना, भुट्टन दही, पेयपदार्थ, छोयला स्न्यायक, दिऊ, जेरी र सलाद परिकारहरू राजन अवालको नेतृत्वमा, प्रत्यक्ष निर्देशनमा ६१५ जनाको उपस्थिति भएकालाई नेवारी परम्परा मुताविक हर्साेउल्लासका साथ सरल ढंङ्गले ६ ः०० देखी ९ वजे वेलुका खाने ख्वाउने काम त्यहीवाट खताएका दिदीबहिनीहरू र हाम्रा ज्वाइहरूभाई बहिनी, मामा, माइजुहरूको सहयोग लिएर हाम्रै पट्टिवाट सजिलो तवरले काम सम्पन भयो । हाम्रो तर्फवाट चिउरा जाँड , रक्सी बोकोको मासु बेहोरीयो ।
झ्वःभोज ख्वाउनुपर्ने खानेहरू भोजले रमाउने हुनुपर्छ । मलाई त झ्वःभोजले आकर्षित गरे ।
झ्व भोय खानै पर्ने रहेछ । झ्व भोयमा पेय पदार्थमा, चिउरा, मासु तरकारीले दिल रमाउने रहेछ ।
अब तपाईहरूले धन्दा मान्नु पर्दैन् । आफन्त र आफैले कुनै भोज कार्यक्रम गर्न परेमा सुर्यविनायक पार्टी भेन्यूमा सम्पर्क गरेर मज्जा लिनु हुन सल्लाह दिन चाहान्छु । भोज शान्त वातावरणमा ख्वाइयो । 
छोरी निशालाई त्यही सूर्यविनायक पार्टी भेन्यूवाट नै गोय साले गरेर जन्त आउनेहरूलाई जिम्मा लगाई लमी मार्फत सुम्पने कार्य गर्न सजिलो मान्ने । 
तपाईहरूलाई चाहिने खाध्य पदार्थहरूको वन्दोवस्त प्रोपाईटर राजन आवालको व्यवहारले म साह्रै खुसी भए । झ्व भोयमा सहयोग गर्नेहरू,सबैलाई बधाई र धन्यवाद । सम्पूर्ण झ्व भोयमा आउनेहरूलाई हृदयदेखी सलाम छ ।
छोरी निशा लघुको वैवाहिक जीवन सफल होस् भनी कामना गर्दै यो पटक लेखक विदा लिन चाहन्छु । 
२०८०÷११÷०६

फाेटाेमा हेर्नुहाेस्...

छोरी निशा लघुको वैवाहिक जीवन सफल होस्

Comments