ख्वपमा कविता प्रतियोगिता ः कृति सापकोटा प्रथम
फाल्गुन ६, २०८०, आइतबार | दिउँसो १२:५५ बजे | 45
सविना कार्की
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुरको देकोचामा रहेको ख्वप मा.बि को २४ औं, ख्वप कलेजको २२ औं तथा ख्वप कलेक अफ ल को प्रथम बार्सिकोत्सवको अबसरमा कविता प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कलेजमा विभिन्न बिधामा अध्यनरत विद्यार्थीहरु सहभागी भएका थिए।
हरेक बर्ष आयोजना हुँदै आएको साहित्यिक कार्यक्रम यस बर्स पनि भव्य र सफलताका साथ सम्पन्न भएको छ । शुद्ध नेपाली विषयबस्तुमा रहेर समाजमा घटेका बिकृति, बिसयबस्तुमा आधारित रहेर विभिन्न बिधामा कविता लेखिएको थियो । प्रतियोगितामा विभिन्न तहमा अध्यनरत २६ जना विद्यार्थीे सहभागी भएका थिए । कबितालाइ विभिन्न तरिकाबाट मूल्यांकन गरिएको थियो, जस अन्तर्गत भाब बिचार र कल्पना, भाषाशैलि, बिम्ब र कलात्मकता, लय र वाचनका आधार रहेको थियो ।
प्रतियोगितामा कृति सापकोटा ’समय’ विषय कबिता मार्फत सर्वाधिक ११६ अंक प्राप्त गरी प्रथम भएकी छिन् । त्यस्तै स्मृति गिरी ’म त नेपाल आमा हु’ बिसयमा १११ अंक प्राप्त गरी दितिय स्थान हासिल गर्न सफल भएकी छन् । त्यस्तै आयुशा नेपाल ’म हु एक नारी’ बिसयमा १०९ अंक प्राप्त गरी तृतीय स्थान हासिल गर्न सफल भएकी छन् । त्यस्तै सान्त्वना स्थान भने सिया श्रेष्ठले हासिल गरेकी छन् । ’ कसले बुझ्ने मेरो ब्यथा’ कवितामा उनले १०१ अंक प्राप्त गरी सान्त्वना स्थान प्राप्त गरेकी हुन ।
कविता प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई फागुन ११ गते हुने कलेजको बार्सिकोत्सबमा पुरस्कार बितरण गरिने जनाइएको छ ।
कविता प्रतियोगिताले विद्यार्थीमा भएको खुबी, क्षमताको पहिचान भएको विश्वास गरिएको छ । समय सापेक्ष बिषयबस्तु, समाज घटेका बिकृतिको बारेमा बिषयबस्तु समेटिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...