ख्वप कलेजमा शैक्षिक प्रदर्शनी हुने


फाल्गुन ५, २०८०, शनिबार | दिउँसो ०१:२२ बजे | 55


ख्वप कलेजमा शैक्षिक प्रदर्शनी हुने

सरिता तामाङ 
भक्तपुर । भक्तपुरको देकोचास्थित ख्व्प कलेजमा तीनदिने शैक्षिक प्रदर्शनी हुने भएको छ । यस क्रममा फागुन ६ गतेदेखि १० गतेसम्म बिभिन्न कार्यक्रमहरु पनि हुने छन् । शैक्षिक प्रदर्शनीमा बिभिन्न सकायका कक्षा ११ देखि स्नतकोतर तहसम्मका बिधार्थीहरुको स्टल रहने जनाइएको छ । शैक्षिक प्रदर्शनीमा बाहिरको आयोजक कलेज बाहिरका एक सय ६० वटा विद्यालयहरुका १० हजार विद्यार्थीले अवालेन गर्ने अनुमान गरिएको छ ।
औपचारिक कार्यक्रमको उदघाटन बुधबार बरिष्ठ राजनीतिज्ञ एर्र्व नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) बाट हुने जनाइएको छ । कार्यक्रम उदघाटनमा बिशेष अतिथिमा सघिय ससद प्रेम सुवाल, रास्ट्रिय परीक्षा बोर्डका अध्यक्षलगायतको सहभागिता रहने जनाइएको छ । 
कार्यक्रममा शैक्षिक प्रदर्शन गरिनुका साथै बषभरि उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीका साथै १० बर्ष सेवा पुगेका कर्मचारी र शिक्षकहरुलाई पनि सम्मान गरिने छ । साथै बार्षिक उत्सवको अबसरमा आयोजित कार्यक्रमहरु, खेलकुद प्रतियोगिताहरुमा बिजयी खेलाडी तथा टिमहरुलाई पनि पुरस्कार बितरण गरिने ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले बताए । (प्रशिक्षार्थी पत्रकार)  
                                                     

Comments