विनायकमा SQC school convention
फाल्गुन ३, २०८०, बिहीबार | दिउँसो ०३:४१ बजे | 65
विद्यार्थीहरूलाई युग सुहाउँदो स्तरीय एवं वैज्ञानिक शिक्षामा जोड दिँदै प्रगतिशील सोचका साथ शिक्षा प्रदान गर्दै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल ,मध्यपुर ठिमी ,भक्तपुरले विद्यार्थी गुणीय चक्र (स्टुडेन्ट क्वालिटी सर्कल)को तेस्रो स्कुल कन्भेन्सन आयोजना गर्यो। QUEST नेपालकी केन्द्रीय अध्यक्ष सुरिना गुरुङको प्रमुख अतिथ्यता तथा क्वेस्ट नेपालका जेनरल सेक्रेटरी सिंहबहादुर लामा प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्य मिना महर्जनको विशेष अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्वमा शिक्षिका गीता प्रजापतिले सञ्चालन गर्नुभएको थियो। विशेष गरेर विद्यार्थीको प्रतिभा तथा क्षमता प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्यानल डिस्कसन, case study presentation, quality word formation एवं काेलाबरेटिभ कोलाज गरी चारवटा इभेन्टमा आयोजना गरिएको कुरा विद्यालयका सहायक प्रिन्सिपल तथा इभेन्ट म्यानेजमेन्ट कोअर्डिनेटर प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी गराउनुभय । विद्यालयको शैक्षिक संयोजक शैलेन्द्र कुमार भट्टराईले प्यानल डिस्कसनमा विद्युतीय उपकरणको प्रयोग र यसको प्रभावका विषयमा साेधिएका प्रश्नमा विद्यार्थीहरुले सो सम्बन्धी आफ्नो धारणा राखेका थिए। त्यस्तै केस स्टडी प्रेजेन्टेसनको मोडरेटरका रूपमा मास्टर ट्रेनर कृष्णहरि श्रेष्ठ, उत्तरकुमार सुब्बा , मनिषा चौलागाई, तुलसी हरि प्रजापति एवं शैक्षिक संयोजक शैलेन्द्र भट्टराई तथा SQC facilitators सरु श्रेष्ठ तथा सन्ध्या झाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथि तथा प्रमुख अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिँदै हरेक विद्यार्थी सहभागी गराई उनीहरूको क्षमता विकासमा विनायकले जुन प्रकारले जोड गरायो यसको लागि यसका लागि प्रशंसनीय भएको कुरा बताउनुभएको थियो। स्मरण रहोस् SQC पाठ्यक्रम लागू गरी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने नेपालका विद्यालयहरूलाई उछिनेर SQC Nationalschool of the year पुरस्कारबाट पुरस्कृत नेपालको पहिलो विद्यालय विनायक शिक्षा निकेतन बन्न सफल भएको थियो जुन कुरा २०८० सालमा चितवनमा भएको नेसनल कन्भेन्सन मा विनायक शिक्षा निकेतनलाई साे उपाधिले सम्मान गरिएको थियो।
फाेटाेमा हेर्नुहाेस्...