कक्षा ११–१२ स्तरीय हाजिरीजवाफमा वागीश्वरी प्रथम
फाल्गुन १, २०८०, मङ्गलबार | विहान १०:३८ बजे | 55
भक्तपुर । कक्षा ११ र १२ स्तरीय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्य तालिका अनुसार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा माघ २६ गते शुक्रवारका दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिका वडा न ९का वडा अध्यक्ष एवं वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले हाजिरी जवाफ प्रतियोगिताले व्यक्तित्व विकासमा सहयोग गर्नुका साथै अध्ययनमा पनि सहयोग हुने कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका ज्याख्वले विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व पनि पुरा गर्नुपर्नेमा जोडदिनुभयो ।
संयुक्त परीक्षा समिति भक्तपुरका, अम्बिका न्याईच्याईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा आदर्श आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री कृष्ण किसी, वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र शिक्षकहरु मंगलेश्वर ध्वजू र भानुभक्त हुमागाईले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा वागीश्वरी मा.वि. तर्फका विद्यार्थी खुशी राई, लोकेशराज रंञ्जित, आपसरा कुवंर प्रथम स्थान, जोरपाटी मा.वि.का शहदेव ढकाल, अल्दीप राई, सिमा थापामगर दोस्रो स्थानमा, बासु मा.विका राजेन्द्र रोकाया, सुप्रिया सुलु, सपना मानन्धर तेस्रो र वागीश्वरी मा.विका रसु लिगल, प्रकाश रोकाया, नमुना तिवारी चौंथो भएका थिए ।