मेरो पहिचान


माघ २९, २०८०, सोमबार | विहान ०५:०७ बजे | 30


मेरो पहिचान

कुमार लघु,ख्वप 

मेरो भक्तपुर मलाई गौरव लाग्छ 
मेरो पूर्खाको भक्तपुर माया लाग्छ 
मेरो नेवारी भाषा मातृत्वको माया 
जिवन मेरो भक्तपुर मै लगाउँछु।

मेरो भक्तपुर चेहरामा बदलेको छ
भक्तपुर सफाईले अगाडि वढेको 
भक्तपुर हो कला संस्कृति रहेको 
नेपाल भक्तपुरले चिनाएको हो ।।

नेवारको बाहुल्यता भक्तपुरको हो 
भक्तपुर आफ्नै मौलिकतामा हो 
मौलिक शैलीमा आधुनिकता रहे 
भक्तपुर आफ्नै पौरखले रहे जोगेर। 
२०८०÷२०÷२८

Comments