सन्दर्भ : प्रोमिस डे
माघ २८, २०८०, आइतबार | विहान ०७:२८ बजे | 25
सुनील सापकोटा कौशलटार , भक्तपुर आज अङ्ग्रेजहरुको " प्रोमिस डे " । भेलेन्टाइन सप्ताह " को आज " प्रोमिस डे " रहेछ । हुन त यो हाम्रो संस्कृति होइन । तर अचेलका केही शहरिया आधुनिक भनाउँदा फेसने बुल युवा युवतीहरुले यो आयातित अङ्ग्रेजी संस्कृति लाई मनाएको देख्छु । यो हाम्रो संस्कृति नभएपनी सबै लाई प्रेम गर्ने काम चाहिँ राम्रै हो । मलाई लाग्छ प्रेमको सत्ता वाचाको जगको बिश्वासमा अडेको हुन्छ । तर गजबको कुरा के छ भने हिजोआज यही दुई क्षेत्रमा वाचाहरु बढी तोडि एको देख्छु । आजको दिन दुनियाँ भरीका प्रेमीहरु र प्रेमिकाहरुले एक आर्का लाई मनाउन म तिमिले भनेको सबै कुराहरु मान्छु भनेर विभिन्न वाचाहरु गरि बिश्वास दिलाउने कोशिश गरेका हुन्छन् । तर यदी तिनिहरु बिच बिवाहा भइ हाल्यो भने पनि नुन तेल र ब्यवहारको चक्करमा त्यो पहिलेका ती सबै वाचाहरु टुटेर कता पुग्छ कता । त्यस्तै बिवाहा पछी प्रेमी र प्रेमिकाको बिचमा जुन पहिलेको प्रेम थियो त्यो पनि हावा झैं उढेर जान्छ । त्यसैले मलाई के लाग्छ भने प्रेमको मृत्यु बिवाहा हो। यो विषयमा हिन्दी सिनेमाका निर्माता निर्देशनक एवं कथाकार गुलजारको फिल्म इजाजत भन्ने हिन्दी सिनेमा हेर्दा हुन्छ । त्यहाँ प्रेमको अन्त्य बिवाहा हो भन्ने कुरा देखाउन खोजीएको छ । मलाई " प्रेम " एउटा बाहिरी उत्प्रेरक तरङ्ग हो जस्तो लाग्छ , जस्ले हाम्रो मस्तिष्कका शिराहरु लाई आफ्नो स्पर्श बाट झंकृत गरि रहेको हुन्छ र हामी लाई एउटा स्वप्निल संसारमा लगेर हाम्रो मन लाई आनन्दको स्थितिमा पुर्याउँछ । मलाई के लाग्छ भने बाहिरी उत्प्रेरणाले भित्री चेतना लाई जुन प्रभाव पार्छ त्यो अदृश्य आनन्द नै प्रेम होला। प्रेममा हामी कसैको देह ( रुप ) कसैको ममतामयी स्पर्श , कसैको बोली , कसैको सानिध्य , कसैको स्वार्थ रहित माया आदिले जुन प्रभाव पार्छ र त्यो ब्यक्ति नहुँदा पनि जब पारी रहन्छ, त्यो नै प्रेमोन्मत्त स्थिती होला। त्यो प्रेम नै इश्वरको आभास होला जस्तो मलाई लाग्छ । खैर जे होस .... । प्रेम बारे धेरै के लेखुँ । आज प्रेमको विषयमा " प्रोमिस डे " मा येत्ती नै । इति।