हिसान भक्तपुरको आयोजनामा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता
माघ २५, २०८०, बिहीबार | विहान ११:०० बजे | 40
भक्तपुर । हिसान भक्तपुरको आयोजना र बिनायक शिक्षा निकेतन मध्यपुर थिमिको संयोजकत्वमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता २०८० एक समारोहबिच सु–सम्पन्न भयो ।
हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालको सभापतित्वमा सम्पन्न समारोहमा कार्यक्रम संयोजक बिनायक शिक्षा निकेतनका संस्थापक प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिले प्रतियोगिताको उद्धेश्यमाथि प्रकाश पार्दै सहभागीहरूलाई स्वागत मन्तव्य राख्नुभयो । प्रमुख अतिथिको मन्तव्य राख्नु हुँदै मध्यपुर थिमि नगरपालिका, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले बिद्यार्थी वर्गको बोल्ने कलामार्फत ब्यक्तित्व र नेतृत्व बिकासमा टेवा पुग्ने बताउनुभयो ।
बिनायक शिक्षा निकेतनका +२ संयोजक तुल्सीहरि प्रजापतिले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्णायक भूमिका निभाउनु हुँदै निर्णायकद्वय जीवनाथ अधिकारी तथा ईश्वरलाल श्रेष्ठले प्रतियोगीहरूलाई प्रतियोगिता सम्बन्धि नियमहरू जानकारी गराउनुका साथै उत्प्रेरणा तथा अभिमुखिकरण गर्नुभयो ।
हिसान भक्तपुर अन्तर्गतका ८ वटा कलेज÷बिद्यालयहरूबाट १४ जना बिद्यार्थीहरूले प्रतियोगितामा सहभागी भएको थिए । तीमध्ये माेडर्न कलेजका सुयाेग ढुङ्गेलले प्रथम, एसएस कलेजका भुवन घिमिरेले द्वितीय, सुप्रिम एकेडेमीका कट्रिना खकुरेलले तृतीय र बिनायक शिक्षा निकेतनका यशाेदा खत्रीले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...