'स्मृतिको तरेलीमा कृष्ण प्रकाश श्रेष्ठ' संस्मरणात्मक पुस्तक विमोचन


माघ १७, २०८०, बुधबार | दिउँसो ०२:५६ बजे | 60


'स्मृतिको तरेलीमा कृष्ण प्रकाश श्रेष्ठ' संस्मरणात्मक पुस्तक विमोचन

नेपाल - रुस संस्कृति र साहित्यका सेतु, लेखक, अनुवाद समालोचक, अनुसन्धानकर्ता स्व. कृष्णप्रकाश श्रेष्ठ को संझनामा समर्पित 'स्मृतिको तरेलीमा कृष्ण प्रकाश श्रेष्ठ' संस्मरणात्मक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । तीस र चालीसको दशकमा वहाँले गर्नुभएको अनुवादको आँखीझ्यालबाट हामीले सोभियत समाज चियाउने गर्थ्यौ। नेपाल रुस साहित्य समाज द्वारा आयोजित उक्त कार्यक्रममा Russian House in Kathmandu का प्रतिनिधि सुशील सिग्देलबाट स्वागत मन्तव्य; साहित्यकार तेज प्रकाश श्रेष्ठ बाट उनको पारिवारिक पृष्ठभूमि; लेखक सम्पादक वसन्त थापा, प्रा.डा. खेम कोइराला बन्धु, प्रा.डा. वासुदेव त्रिपाठीबाट उनको बहुआयामिक विश्लेषण; अध्ययनकालका उनका समकालिन दौँतरीहरु ई राजेन्द्र बहादुर अधिकारी र विद्वान कुटनीतिज्ञ एवम दार्शनिक नीलाम्बर आचार्य बाट स्वर्गीय कृष्ण प्रकाश सम्बन्धि रोचक संस्मरण प्रस्तुत गर्नु भयो । नेपाल रुस साहित्य समाजका महासचिव वरिष्ठ साहित्यकार इ. चन्द्र कान्त आचार्य ज्यूको व्यवस्थापन, संस्थाका उपाध्यक्ष वरिष्ठ साहित्यकार इ. विष्णु बहादुर सिंह द्वारा आतिथ्य स्वागत र वरिष्ठ भूगर्भविद इ. आमोद मणी दिक्षीत बाट उदघोषित उक्त कार्यक्रम नेरुसासका अध्यक्षको मार्मिक मन्तव्य बाट समापन भयो । "सम्झनाको तरेलीमा स्व. कृष्ण प्रकाश श्रेष्ठ" ३० जना लेखकहरू को साझा संकलन हो । यसको सम्पादकहरु प्रा डा जंगब चौहान, ई. चन्द्र कान्त आचार्य, ई. विष्णु बहादुर सिंह र ई. रामविन्दु श्रेष्ठ हुनुहुन्छ।

फाेटाेमा हेर्नुहाेस्...

'स्मृतिको तरेलीमा कृष्ण प्रकाश श्रेष्ठ' संस्मरणात्मक पुस्तक विमोचन
'स्मृतिको तरेलीमा कृष्ण प्रकाश श्रेष्ठ' संस्मरणात्मक पुस्तक विमोचन

Comments