शहीद दिवसको अवसरमा ख्वपमा कविता वाचन प्रतियोगिता
माघ १६, २०८०, मङ्गलबार | दिउँसो १२:३८ बजे | 75
भक्तपुर । ७३ औ शहीद दिवसको अवसरमा मंगलबार भक्तपुरको ख्वप कलेजमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन् । प्रतियोगितामा आरती नेपाल द्धितीय र स्मृति गिरी तृतीय हुन सफल भए । साथै सोकिना बस्नेत र संयोग अधिकारी संयुक्त रुपमा तृतीय हुन सफल भए ।
ख्वप मावि, ख्वप कलेज र ख्वप स्कुल अफ लको संयुक्त आयोजनामा भएको थियो । प्रतियोगितामा लक्ष्मी थापा र केशव त्वानाबासु निर्णायकका रुपमा रहेका थिए । प्रतियोगितामा सुनिता गाइसीले स्वागत गरेकी थिइन् । कार्यक्रममा विद्यार्थी विनिता थापाले गरेकी थिइन् । कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले कार्यक्रबारे जानकारी गराएका थिए । प्रतियोगितामा तीन वटा कलेजमा विभिन्न तहहरुमा अध्ययनरत छात्रछात्राहरुले प्रतिस्पर्धा गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...