भक्तपुरमा सकियो बृहत् साइकल ¥याली र प्रभातफेरी


माघ १६, २०८०, मङ्गलबार | विहान ११:०१ बजे | 45


भक्तपुरमा सकियो बृहत् साइकल ¥याली र प्रभातफेरी

भक्तपुर, १६ माघ । रोम्बस सेकेण्डरी स्कूलको दशौं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् साइकल ¥याली र प्रभातफेरी कार्यक्रम अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा विद्यालय प्राङ्गणमा मंगलबार सम्पन्न भयो । प्रमुख अतिथि रामकृष्ण प्रजापतिले रिबन काटेर ¥यालीको उद्घाटन गर्नुभएको थियो । 
प्रमुख अतिथि रामकृष्ण प्रजापतिले विद्यालयले अभिभावकका बालबालिकाको उज्वल भविष्य निर्माणमा दशौं बर्ष अहोरात्र खटेर शिक्षा क्षेत्रमा योगदान गरेकोमा धन्यवाद दिनुभयो । उहाँले कुनै पनि काम सफल बनाउन एक हातले सम्भब नहुने भएकोले सहयोगी हातहरु आवश्यक हुने भएकोले विद्यालयको हकमा अभिभावक विद्यार्थी र विद्यालय ओदानोको रुपमा रहेकोमा एउटामात्र लङ्गडो अगाडि बढ्न गा¥हो हुने बताउँदै अभिभावकहरुले आफ्ना बालबालिका विकृति विसंगति र कुलतबाट टाढा राख्न विद्यालयसंगै अभिभावकहरुको मत्वपूर्ण हात हुने बताउनुभयो । उहाँले सा¥यकल ¥याली पनि एक प्रकारको व्यायम भएकोले व्यायामले शारीरिक र मानसिक रुपमा स्वस्थ्य बनाउने बताउनुभयो । उहाँले शारीरिक र मानसिक रुपमा स्वस्थ्य नभएका विद्यार्थीहरु अध्ययनमा अगाडि बढ्न नसक्ने भएकोले निरन्तर व्यायाम गर्न अनुरोध गर्नु भयो । 
कार्यक्रममा विद्यालयका प्रिन्सिपल डा.राजेन्द्रको कोजूले विद्यालय स्थापना भएको दश बर्ष पुगेको उपलक्ष्यमा सप्ताहव्यापि कार्यक्रम अन्तर्गत आज बृहत साइृकल ¥याली र प्रभात फेरी आयोजना गरेको बताउँदै फागुण ७ गते विद्यालय स्थापना दिवसको रुपमा भव्य कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रम विद्यालयका फाउण्डर व्यवस्थापक सरिता कोजूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा सकियो बृहत् साइकल ¥याली र प्रभातफेरी
भक्तपुरमा सकियो बृहत् साइकल ¥याली र प्रभातफेरी

Comments