विनायकको पूर्व प्राथमिक तहमा पुरस्कार वितरण
माघ १२, २०८०, शुक्रबार | दिउँसो १२:४० बजे | 65
मध्यपुर ठिमी भक्तपुर प्रगतिशील शिक्षा हाम्रोअभियान ,खेलकुदमा अब्बलता हाम्रो पहिचान नाराका साथ युग सुहाउँदो शिक्षा तथा सीपको विकासमा जोड दिँदै आएको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरले यही २०८० माघ १२ गते पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित सप्ताह व्यापी खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्यो। विद्यालयका पूर्व प्रा वि तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता भई पूर्व प्रा वि तहका शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा पुरस्कार विजेता विद्यार्थीहरूलाई अभिभावक अतिथिहरू सुमित्रा श्रेष्ठ, रेश्मा प्रजापति र बसुन्धरा प्रजापतिले मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्दै विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकास हुने यस्ता किसिमका कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। सो पुरस्कार वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका यिनै ससना बालबालिका भोलिका यस देशका कर्णधार भएकोले विद्यार्थीलाई प्रगतिशील सोचका आधारमा पढाइका साथसाथै खेलकुद र अतिरिक्त क्रियाकलापमा जोड दिएर विद्यार्थीभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको कुरा बताउनुभयो। कक्षा नर्सरी- केजीका अभिभावकको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले थालनी गरेको यस प्रकारको उदाहरणीय र प्रशंसनीय कार्यप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...