अनुजदेखि अग्रजसम्म जोड्ने साहित्यिक वनभोज


माघ ११, २०८०, बिहीबार | विहान ०५:०५ बजे | 15


अनुजदेखि अग्रजसम्म जोड्ने साहित्यिक वनभोज

राम चन्द्र प्रजापति

काठमाडौ
अनुजदेखि अग्रजसम्म जोड्ने साहित्यिक वन भोज कार्यक्रम संयोजन  रीता खत्री र उषा के.सीले गर्नु भएको वनभोज कार्यक्रम भव्य र सव्य रुपमा सम्पन  भयो । यसै कार्यक्रमबाट साहित्यकार उपचार कोषको पनि स्थापना गरिएको घोषणा गरिएको छ । कोषका लागि  रु १७८३० । संकलन भएको उषा के सिले जानकारी गर्नु भयो। साहित्यकारहरुले चोभारका विभिन्न स्थानको अवलोकन गरेका थिए । तौदह, नागदह, आदिनाथको मन्दिर, जलविनायक र चोभार गल्छी लगायत विभिन्न ठाउँ घुमेर रमाइलो गरेका थिए । बनभोजमा नाच गान सहित रमाइलो गरिएको उक्त कार्यक्रममा आयोजकबाट टोपी उपहार दिदै सहित्यकारहरु ६० जना भन्दा बढी सहभागीको परिचय गराइएको थियो ।

Comments