हिसान भक्तपुरको अध्यक्षमा पुनः कसपाल सर्वसम्मत


माघ ६, २०८०, शनिबार | दिउँसो ०१:५२ बजे | 70


हिसान भक्तपुरको अध्यक्षमा पुनः कसपाल सर्वसम्मत

भक्तपुर । हिसान भक्तपुरको छैंठो अधिवेशनबाट सर्वसम्मतले कार्यसमितिमा अध्यक्षमा अनिल कस्पाल (मोडर्न स्कुल÷कलेज) चुनिएका छन् । कसपाल यसअघि पनि अध्यक्ष नै थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नीरू ढकाल (एस.एस.कलेज), सचिवमा दिनेश पाण्डेय (इरूडाइट एकेडेमी) र कोषाध्यक्षमा स्याम मानन्धर (सिवर्ड कलेज) चुनिएका छन् । सदस्यहरूमा श्रीनारायण यादव (भक्तपुर ईङ्गलिस स्कुल), सुशील खनाल (स्वस्तिक कलेज) र रवि ढुवाल (अक्सफोर्ड स्कुल) चयन हुनुभएकोमा भक्तपुर हिसानले जनाएको छ । 
भक्तपुर र नेपालका लागि गुणस्तरीय शिक्षा र शिक्षाको लागि उत्कृष्ट गन्तव्य भक्तपुरलाई अझै नेपाल र विश्व सामु चिनाउन उत्कृष्ट कार्यहरू गरिनेछ भन्ने पूर्ण विश्वास नवनिर्वाचित समितिले लिएको छ । कार्यक्रममा हिसानका अभिभावक केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, वरिष्ठ उपाध्यक्षहरू युवराज शर्मा, नवराज पाण्डे, कोषाध्यक्ष विरेन्द्र जयना,  उपाध्यक्ष रामहरि सिलवाल, वागमती प्रदेशको उपाध्यक्ष राजकुमार आचार्य, काठमाडौं महानगर कमिटीका अध्यक्ष प्रकाश श्रेष्ठ, कलेज रिडर्सका जितेन्द्र घिमिरेलगायतका सहभागी थिए । 

फाेटाेमा हेर्नुहाेस्...

हिसान भक्तपुरको अध्यक्षमा पुनः कसपाल सर्वसम्मत

Comments