नेक विडिएच कार्यक्रमका विद्यार्थीलाई दिइयो विदाई


माघ ६, २०८०, शनिबार | दिउँसो ०१:१९ बजे | 35


नेक विडिएच कार्यक्रमका विद्यार्थीलाई दिइयो विदाई

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुरानारायण भक्तपुरले शनिबार राजधानीमा कार्यक्रम गरी नेक विडिएचका चार वर्षका पूर्व विद्यार्थीलाई एकैपटक विदाई गरेको छ । नेक विई सिभिल फर डिप्लोमा होल्डर्स विभागको आयोजनामा सन् २०१४, २०१५, २०१६ र २०१७ व्याचका विद्यार्थीलाई विदाई गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल इन्जिनियरिंग परिषद्का अध्यक्ष प्राडा पदमबहादुर शाहीले देशको आर्थिक विकासको कोल्टो फेर्ने हो भने तीन सिफ्टमा काम गर्ने वन्दोवस्त हुनुपर्नेमा जोड दिए । १० बजेदेखि चारबजेसम्म (अहिले जाडोयाममा) को सटामा विहान, दिउँंसो र राति गरी तीन सिफ्टमा काम गर्ने वन्दोवस्त गर्नुपर्ने उनीको भनाई छ । यही अनुपातमा यथास्थितिमा काम भइरहने हो भने देशको आर्थिक विकास सम्भब नहुने ठोकुवा उनले गरे । 
कामसँंगै विद्यार्थीले पनि विहान, दिउँंसो र राति गरी तीन सिफ्टमै पढन पाउनुपर्ने व्यवस्था हुनुपर्ने जिकिर उनले गरे । यसो भए मात्रै नेपालको विकास हुन्छ र नेपालीहरुको परव्यक्ति आय वढ्छ, उनले भने । उनले भने, यसका लागि विद्यार्थीले पनि पढ्दै काम गर्ने वातावरणको वन्दोवस्त हुनुपर्छ । 
कलेजमा दिउँंसो काम गरेर रातको समयमा इन्जिनियरिंग पढने विद्यार्थीको पढाई पूरा गरेको अवसरमा गरेको विदाई कार्यक्रममा प्राडा शाहीले यसो गरे मात्रै जीडीपी राम्रो हुने बताए । 
कार्यक्रममा पढाई पूरा गरेका विद्यार्थीले इन्जिनियरिंग उतीर्ण गरेका विद्यार्थीले परिषद्ले काममा पठाउन अघि लिने परीक्षा पनि परम्परागत रुपमा वर्षमा एउटा मात्रै नभई तीनतीन महिनामा एउटा हुनुपर्ने माग राखे । जाँंच दिएर फेल भएका विद्यार्थी परीक्षाका लागि फेरि अर्काे वर्ष कुर्नुपर्ने भएर एकवर्ष खेर जाने भन्दै उनीहरुले तीनतीन महिनामा परीक्षाको वन्दोवस्त मिलाउन परिषद्सँंग आग्रह गरे । विदाई भएका विद्यार्थीको प्रतिनिधिको रुपमा इन्जिनियरिंगको अध्ययन पूरा गरेका गौतम अवस्थीले कलेजको अन्तिम परीक्षाफल आउने बेला परिषदको परीक्षा चल्ने र कलेजबाट पास भएपछि फेरि परिषदको जाँंच दिन एक वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताए । 
कार्यक्रममा कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले जहाँंजहाँं कमजोरीहरु छन् ती सवैलाई हटाएर मात्रै अगाडि वढनसक्ने बताए । त्यसकारण प्रशशासँंगै आलोचना पनि उतिकै आवश्यक रहेको उनले बताए । आलोचनालाई विरोधको रुपमा नलिई उन्नतिका लागि दिइएको भनेर सुधार गर्नु आवश्यक रहेको उनले बताए । 
कार्यक्रममा आयोजक विभागका प्रमुख निश्वान ढकाल, पूर्व संयोजक रवीन्द्र वुढाथोकीलगायत विद्यार्थी प्रतिनिधिहरुले पनि आआफनो धारणा राखेका थिए । कार्यक्रमको उदघाटन परिषद्का अध्यक्ष प्राडा शाहीले गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

नेक विडिएच कार्यक्रमका विद्यार्थीलाई दिइयो विदाई
नेक विडिएच कार्यक्रमका विद्यार्थीलाई दिइयो विदाई
नेक विडिएच कार्यक्रमका विद्यार्थीलाई दिइयो विदाई
नेक विडिएच कार्यक्रमका विद्यार्थीलाई दिइयो विदाई

Comments