विद्यालय व्यवस्थापन समिति महासंघ लुम्विनीको वैठक सुनवलमा सम्पन्न
माघ ६, २०८०, शनिबार | विहान ०४:०९ बजे | 35
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल लुम्विनी प्रदेश समितिको वैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । वैठकले विभिन्न निर्णय समेत पारित गरेको छ । वैठक उद्घाटन सत्र लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा वोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य वस्नेतले सामुदायिक विद्यालय सुधारको सुरुआत हामी आफैवाट गर्नु पर्ने वताउनु भयो । हामी आफै रोलमोडल वने मात्रै अन्य विद्यालय सुधार हुन्छन,उहाँले भन्नु भयो । मानिस राजनीति भन्दा टाढा हुन नसकेपनि विद्यालयमा कुनै खालको राजनीति गर्न नहुने वस्नेतको भनाई थियो । वैठकमा विशिष्ट अतिथि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष नलवहादुर राना, केन्द्रीय सदस्यद्धय रामवहादुर क्षेत्री र सुशिल गुरुङ तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल जिल्ला समिति नवलपरासीका अध्यक्ष रमेश वस्यालले समेत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । वैठकमा अघिल्लो वैठक पश्चात भएका कृयाकलाप, उपलव्धी,सिकाई तथा चूनौती समेटेर जिल्लागत र विभागिय रिर्पोटिङ समेत गरिएको छ । जिल्ला समितिका अध्यक्ष र अध्यक्षको अनुपस्थित रहेका जिल्लावाट सम्वन्धित जिल्लावाट प्रदेश समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले रिर्पोटिङ गरेका थिए । यसैगरि विभागिय समितिको तर्फवाट महिला तथा समावेशी विभाग संयोजक गोमा थापा, योजना तथा श्रोत व्यवस्थापन विभाग संयोजक युवराज पोख्रेल, क्षमता विकास विभाग संयोजक सूर्य न्यौपाने र सूचना संचार, अनुन्धान र प्रकाशन विभाग संयोजक महेश न्यौपानेले रिर्पोटिङ गरेका थिए । वैठकमा आगामी फाल्गुन मसान्त सम्म अधिवेशन नभएका पालिकाहरुको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ । यसैगरि चैत्र १५ भित्र १२ वटै जिल्लाको जिल्ला सम्मेलन र चैत्र मसान्त भित्र वर्दिया जिल्लामा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । वैठकमा तेश्रो राष्ट्रिय महाधिवेशनवाट संशोधित विधान अनुसार केही पदीय जिम्मेवारी समेत हेरफेर गरिएको छ । हेरफेर गरिएको जिम्मेवारी अनुसार अध्यक्ष शरद भट्राई रुपन्देही , वरिष्ट उपाध्यक्ष सूर्य न्यौपाने नवलपरासी , उपाध्यक्ष युवराज पोख्रेल दाङ , उपाध्यक्ष प्रेम पुन गुल्मी , महासचिव महेश न्यौपाने रोल्पालाई जिम्मेवारी दिइएको छ । यसैगरि सचिव लक्ष्मण ऐडी वर्दिया, सचिव रतन वुढा वाँके र एक सचिव पद प्यूठान वा कपिलवस्तु जिल्लाका लागी छुट्याइएको छ । कोषाध्यक्षमा प्रमिला तिवारी दाङलाई जिम्मेवारी दिईएको छ । कार्यसमितिमा २ जना सदस्य समेत थप गरिएको छ । यसरी थप गरिएका सदस्यहरुमा रुकुम पूर्ववाट मैत्या घर्तीमगर र पाल्पावाट धनवहादुर रायमाझी रहेको अध्यक्ष शरद भट्टराईले जानकारी दिनु भयो । वैठकले एसईइ परिक्षाको केन्द्र निर्धारण गर्दा सामुदायिक विद्यालयको केन्द्र संस्थागत विद्यालयमा र संस्थागत विद्यालयको केन्द्र सामुदायिक विद्यालयहरुमा वनाएको देखिएकाले सामुदायिक विद्यालयको केन्द्र सामुदायिक विद्यालयमा नै नराउन शिक्षा विकास तथा समन्वय ईकाइहरुमा अनुरोध गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल लुम्विनी प्रदेश समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको वैठकमा वरिष्ट उपाध्यक्ष सूर्य न्यौपानेको स्वागत गर्नु भएको थियो । उपाध्यक्ष युवराज पोख्रेलले धन्यवाद ज्ञापन गरेको वैठकको संचालन महासचिव महेश न्यौपानेले गर्नु भएको थियो ।