अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !


माघ ३, २०८०, बुधबार | विहान ११:५४ बजे | 180


अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !

भक्तपुर । भक्तपुरमै लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याइएको छ । लोकसेवा तयारी कक्षाका लागि भक्तपुरबासीले काठमाडौंसम्म धाउनुपर्ने बाध्यता हटेको हो । 
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ४ शंखधर चोक नयाँं थिमि भक्तपुरमा इसान लोकसेवा तयारी अध्ययन इन्ष्टिच्युट प्रालिको बुधबार उदघाटन गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले तयारी कक्षाको उदघाटन गरेकी हुन् । सो अवसरमा उनले भक्तपुरबासीहरुमा सररकारी सेवा प्रवेशको आकर्षण घट्दो रहेको अनुभब सुनाइन् । यसैले जिल्लाको चाँंगुनारायण, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले यसको लागि प्रयास थालेको पाइएको उनले सुनाइन् । उनले लोकसेवा परीक्षा निष्पक्ष हुने भएको यहाँं सक्षमहरुले ठाउँ पाउने बताइन् । 
मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडाबासीको पहुँंच वढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए । ‘सरकारी सेवामा प्रवेश वढाउन लोकसेवा तयारी कक्षा पढ्नेहरुका लागि वडाले आधा पैसा राखिदिने योजना छ, वडा अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी सेवामा वडाबासीको पहुँंच वढाउन यस्तो योजना ल्याउन लागेका हौं ।’ 
कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले वडाले पहिलादेखि नै यस्तो तयारी कक्षाको लागि पहल गर्दै आएको तर वल्ल सफल भएको भन्दै खुशी व्यक्त गरे । 
पूर्व सचिव प्रताप पाठकले लोकसेवा तयारी कक्षा देशमै पहिलो पटक २०५३ सालबाट सुरु भएको स्मरण गर्दै सरकारी सेवा प्रवेशमा प्रोत्साहन दिनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व सचिवहरु गोपीनाथ मैनाली, प्रदीप ढकाललगायतले सरकारी सेवामा योग्य व्यक्तिहरुको प्रवेशका लागि आफूहरुको प्रयास रहेको बताए ।
जीतबहादुर मडै, महेशकुमार पोखरेल र ओमप्रसाद सुवेदी तीनजनाको संयक्त लगानीमा तयारी कक्षा सुरु गरिएको हो । यहाँं शुलभ शुल्कमा भक्तपुरबासीका लागि लोेकसेवा तयारी कक्षा सञ्चालन हुने जनाइएको छ । 
भक्तपुरमा हालसम्म सूर्यविनायकमा एकवटा र मध्यपुर थिमिमै एउटा लोकसेवा तयारी कक्षा सञ्चालन भएको बताइएको छ । तर ती दुवै बन्द भएको जनाइएको छ ।
कार्यक्रम इन्ष्टिच्युटका अध्यक्ष जीतबहादुर मडैको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उनले शुलभ शुल्क लिएर आफूहरुको ३० चालीस वर्षको अनुभबलाई समाजको लागि प्रयोग गर्नु इष्टिच्युटको उद्देश्य रहेको स्पष्ट पारे ।  

फाेटाेमा हेर्नुहाेस्...

अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !
अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !
अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !
अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !
अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !
अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !
अव भक्तपुरमै लोकसेवा तयारी कक्षा !

Comments