सशस्त्र प्रहरीले माग्यो झण्डै तीन सय कर्मचारी ः इन्सपेक्टरदेखि कुचिकारसम्म


2024-01-08 09:24:56

News Image

सशस्त्र प्रहरी बलले शुक्रबार सूचना प्रकाशन गर्दै इन्स्पेक्टर, असईदेखि विभिन्न पदहरूमा दुइ सय ८५ जनाको दरखास्त आह्वान गरेको छ। सूचनामा सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

सशस्त्र प्रहरी बलमा इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्।

उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा अनलाइन आवेदन दिएकाहरूले फगुन २ गतेभित्र र विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले माघ २४ गतेभित्र दरखास्त दिँदा तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *