‎कुनै फिक्का भए


असार २६, २०८३, शुक्रबार | राति १०:२५ बजे | 50


‎कुनै फिक्का भए

प्रभात भण्डारी

‎कुनै फिक्का भए,
‎कुनै ठिक्क भए,
‎कुनै अति भए,
‎खैर, जे९जति भए।

‎कति ओखती भए,
‎कति जलेर सती भए,
‎तर के, ती जाति भए।।।रु

‎कुनैले सञ्च गराए,
‎कुनैले उथलपुथल बनाए।
‎कुनैले मूर्छा पर्ने गरी रुवाए,
‎कुनैले डल्लो पर्ने गरी हँसाए,त 
‎कुनैले दिलमा बास बसाएस
‎खै, के भए तिम्रा बातहरू१

 

Comments