लघु कथा ःजस्तो रोप्यो त्यस्तै फल्यो
पुष २३, २०८०, सोमबार | विहान ०४:२३ बजे | 85
पिकेआर
आफ्नै घरभित्रको कोठामा श्रीमती बान्ता गरेर बेहोस भइराखेको छिमेकीहरुले देखेर अस्पताल लग्यो । बे्रन हामरेज भएर अपरेशन गरेर डाक्टरले बचाउन त बचायो तर पारालाइसिस भयो । अस्पतालमा हेर्न आउने सबै साथीहरुले भन्दै थियोः– “पाप भनेको धुरीबाट कराउँछ ।”
उसका साथीहरुको अन्तरमनले भन्यो– “धिक्कार ! तेरो बुद्धि, शिक्षित जेहेन्दार भएता पनि केटीहरु भनेको देख्ने नहुने । यत्रो अकुत सम्पत्ति जोड्यो । लोभ र मोहले जात फालिस् ।”
अरुको छोरीबेटीलाई बुरि नजर राख्ने र महिला हिंसा गरेको पाप हो भनेर साथीहरु गाईंगुईं गर्न थाल्यो । आफ्नो नजिकको साथीहरु समेत उसको अगाडि भन्न नसकेपनि पछाडि पछाडि कुरा काट्ने गथ्र्यो । ल फर्म काम गर्ने केटीहरु र सहकारीमा काम गर्ने केटीहरुलाई महिला हिंसाको परिणाम हो भन्थ्यो । सो विषयमा एउटा पत्रिकामा समाचार पनि छापेको साथीहरुले सम्झे । वकिल भएर अरुको जग्गा खाने र मुद्दा मामिलामा पनि पैसा खाने र सहकारीमा पनि मनोमानी गरी आफुखुसि संचालन गथ्र्यो । सत्य कुराहरु उठाउँदा समेत आफू विरुद्ध लागेको भनेर त्यस्तालाई पाखा लगाउने गथ्र्यो । यसरी अकुत सम्पत्ति कमायो । घर दुई दुई वटा बनायो । धेरै ठाउँमा रोपनीका रोपनी जग्गा जोड्यो । अकुत सम्पत्ति कमाएपनि इज्जत कमाउन सकेन । साथीहरुको अगाडि उसको शिर निहुरिएको थियो । “खोई तेरो इज्जत ? थुइक्क ! तेरो स्वाभिमान ।”
अधिवक्ता र सहकारीको प्रबन्धक भएर साथीहरु कसैले ईज्जत दिएन । उसलाई हेय् दृष्टिले हेरिरहेको थियो । उसको खुट्टा लरखराएको थियो । साथीहरुले पाखुरा समात्यो । कुर्सीमा बसायो र भन्यो ‘ल अब आफूले गरेको कालो कर्टुट सबै सम्झनुस् ।’
उ भएभरको कालो कर्टुट सम्झँदै थियो । त्यसले रन्थनिएर लड्यो । दिमागले भन्यो “हैट ! यसरी सम्झँदा समेत रन्थनिने गरी कति कालो कर्टुट गर्नु परेको ?”
लडेकोले डाक्टर आयो परिक्षण गर्यो । उसको पापको घरा भरिरहेको थियो । अकस्मात् विश्व सरको फोन आयो । तिम्रो छोरीलाई उसैको कक्षाका केटाले प्रेमपत्र दिएर हाँगामा भई रहेको छ । कक्षाकोठा उनीहरु व्यभिचारका रंगिन तस्बीरको फ्लासबाक आइरहेको थियो ।
विश्वसरको कडा शब्द बर्षियो –“जस्तो रोप्यो त्यस्तै फल्यो । महिलालाई आइन्दा बुरि नजर नलगाउनु, महिला हिंसा बारे मनकै जरादेखि हटाउनु, तपाईंको छोरीबेटी पनि महिला हुन् ।”