नियमित रचनावाचन कार्यक्रमको थालनी
पुष २१, २०८०, शनिबार | दिउँसो ०२:४७ बजे | 35
अनुशीलन नेपाल र भक्तपुर बुढ्यौली साहित्य समाजको संयुक्त आयोजनामा अज २०८० पुस २१ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड प्राक्तिकल स्कुलमा नियमित रचनावाचन कार्यक्रमको प्रथम शृङ्खला सम्पन्न भयो । वरिष्ठ साहित्यकार चन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रम अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको थियो भने डा इन्दुल केसी र चट्याङ मास्टर कृष्णमुरारी गौतम विशिष्ट अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथिका आसनबाट कवि चन्द्रप्रसाद न्यौपानले साहित्य लेखनमा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनु उत्तम हुने भन्दै साहित्यमा आउने प्राक्कल्पनामा दूरदृष्टि रहनुपर्नेमा जोड दिनुभयो । डा इन्दुल केसीले कवितावाचनका साथ कार्यक्रमा बारेमा टिप्पणी गर्नुभयो भने चट्याङ मास्टरले नेपाली समाजमा हाल नैतिक क्षयीकरण भइरहेकाले साहित्यले नैतिकताको उत्थान गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा पाका मान्छेलाई हेर्ने दृष्टिकोणमा सकारात्मकता ल्याउन जरुरी भएकाले साहित्यको उद्देश्यले त्यसतिर पनि ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै कविता परिवर्तनको संवाहक हुनुपर्ने उहाँको धारणा रह्यो । रचनावाचनका अन्त्यमा डा सीता सुवेदी पन्थीले वाचित सम्पूर्ण रचनाका बारेमा रौँचिरा टिप्पणी गर्नुभएको थियो । कविताहरू सशक्त र सौन्दर्ययुक्त रहेको कुरा उहाँले बताउनुभयो । निम्नलिखित कविहरूले कवितावाचन गर्नुभएको थियो :
डा इन्दुल केसी (मुक्त लय), कविराज घिमिरे (झ्याउरे), जीवनाथ अधिकारी (शार्दूलविक्रीडित छन्द), डा सीता सुवेदी पन्थी (पञ्चचामर छन्द), रामचन्द्र ढकाल आर सी अज्ञात (वसन्ततिलका छन्द), डिल्लीराज अर्याल (अनुष्टुप छन्द), जुनू घिमिरे (मुक्त लय), रामशरण न्यौपाने (शार्दूलविक्रीडित छन्द), चूडाप्रसाद चौलागाईँ (मुक्त लय), ढुण्डराज पोखरेल (अनुष्टुप छन्द), प्रजापति तिमिल्सेना (गीत), पदम दाहाल (उपजाति), लालबहादुर भुजेल (स्वच्छन्द लय), बिके माकजू (मुक्त लय), राजेन्द्रकमार बज्राचार्य (अनुष्टुप छन्द), शङ्करप्रसाद मानन्धर (चिन्तनपरक मन्तव्य), एम पी पाण्डे (गजल), ध्रुवकमार लामा (चिन्तनपरक मन्तव्य), डा टिपी बराकोटी (गीत), कृष्णप्रसाद पौडेल (शार्दूलविक्रीडित छन्द), धरणीधर गुरागाईँ (शार्दूलविक्रीडित छन्द) र केशव ज्ञवाली आगत ।
कार्यक्रमको अन्तमा सभापतिको आसनबाट कविराज घिमिरेले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त्य गर्नुभयो ।
नियमित रचनावाचन कार्यक्रम प्रत्येक महिनाको तेस्रो शनिवार यसरी नै आयोजना गरिने जानकारी अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले जानकारी गराउनुभयो ।
(जीवनाथ अधिकारीबाट सम्प्रेषित६
फाेटाेमा हेर्नुहाेस्...