नेकका झण्डै दुई सय विद्यार्थी दिक्षित
पुष २०, २०८०, शुक्रबार | दिउँसो १२:२० बजे | 20
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको पढाई पूरा गरेका झण्डै दुई सय विद्यार्थी शुक्रबार भव्य कार्यक्रमवीच दिक्षित भएका छन् । कलेजका एक सय ४४ सिभिल र ४८ सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पूरा गरेका विद्यार्थी दिक्षित भएका हुन् ।
कार्यक्रममा विज्ञहरुले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभब सुनाए । उनीहरुले अरु विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभब साटे । उनीहरुले इन्जिनियरिङका विद्यार्थीले यही नै राम्रो काम र दाम पाउने बताए । त्यसकारण विदेश नजान उनीहरुले अनुरोध गरे ।
उनीहरुले हरेक हिसावले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो रहेको सुनाए ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरहरुलाई नेपालमै राम्रो रहेको बताए । इन्जिनियरिङका विद्यार्थीलाई विदेश नै गएर काम गर्नुपर्छ भन्ने नभएको भन्दै उनले नेपालमै पनि राम्ररी काम गरेर बसेका धेरै इन्जिनियरहरु रहेको जानकारी गराए ।
नेपाल इन्जिनियरिङ परिषदका उपाध्यक्ष डा विकास अधिकारीले नेपाली इन्जिनियरहरुलाई नेपालमै प्रसस्त सम्भाबना भएको सुनाए । तपाईहरु विदेश जानु पर्दैन कोहीपनि, उनले भने, नेपालमै धेरै स्कोपहरु छन् । अव नेपालमै ठूल्ठूला प्रोजेक्टहरु सञ्चालन गर्नुपर्ने र त्यसमा हजरौ इन्जिनियरहरु आवश्यक रहेको उनको भनाई थियो । नेपालमा अहिले लर्निगसँंगै अर्निगको वातावरण हुनुपर्नेमा जोड दिए । यसका लागि करिकलमलाई नै परिवर्तन गर्नु आवश्यक रहेको भनाई राखे । साथै चारपाँंच वर्षे इन्जिनियरिंगको लामो कोर्ष दुई तीन वर्षमै सिमित गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट विदा भएका विद्यार्थीहरुलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । उत्पादित विद्यार्थी नै कलेजको वास्तविक व्राण्ड एम्वेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न निर्देशन दिए । साथै उनले विदाई भइ गएका विद्यार्थीबाट भालिका दिनमा पनि कलेजका लागि सल्लाह, सुझाब, सहयोग पाइरहने विश्वास व्यक्त गरे ।
कलेजमा सिभिलमा एक सय ४४ र सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ कोटा छन् । यी सवै कोटाहरुमा यहाँं पूर्ण विद्यार्थी हुन्छन् ।
कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य दिनेश खनाल, सिभिल विभागका प्रमुख रमेश खनाल, सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका प्रमुख अनिल श्रेष्ठ, एसोसिएट प्रोफेसर सचिन श्रेष्ठ, विदाई भएका विद्यार्थीहरुमध्येबाट प्रतिनिधि विद्यार्थीहरुले इन्जिनियरिङका विविध विषयहरुमाथि चर्चा गरे ।
फाेटाेमा हेर्नुहाेस्...