कविताः–यो उपत्यका नेवारको
पुष १९, २०८०, बिहीबार | विहान ०६:१७ बजे | 10
कुमार लघु,ख्वप
यो काठमाण्डौ उपत्यका नेवारले बचाएको
यो भक्तपुर नेवारले बनाएको सत्य सत्य
यो ललितपुर नेवारले बनाएको धरोधर्म
यो काठमाण्डौ नेवारले बनाएको थड्याएको
जहाँ जहिले देखी जो जो बसेका हुन्
उसले नै आफ्नो जन्मथलो र वस्ती जोगाउनु पर्छ ,
सर्व स्विकार्य र जाएज कुरो हो जिद्दीले हुन्दैन्
कला सस्कृति नै नेवारको सौन्दर्यता हुन्
वर्तमानमा हुल्याहरूले कहिकतै ठगेर प्रवेश गरे
ठगहरू छुल्या हुल्या हुने खाने अर्काको ईस्या हुन्छन्
हुल्याहरूलाई इज्जत बेज्जतको सरोकार हुन्न
ऊनीहरूको कामै लुट्ने खाने मोज्जमस्ती गर्ने,
पूर्खाको जोगाउने विना सोचका हुन्
कला संस्कृति सामाजिक स्तर समाजको वास्ता छैन्
उपत्यकामा अब डाकाहरूको वसाई सरेको छ,
उपत्यकाकाले नि होस् पु–याउनु पर्ने समय
घर खेत वस्तीहरू जोगाऔ चण्डाहरूवाट ,
हिजो वस्ती पातलो हुन्दा आनन्द थियो
राजधानी वनायो चोर डाका हत्याराहरू ठगहरू जम्यो हेर ,
उपत्यकाको पैचाहान नेवारले जोगाई राखौँ
नेवार हो अनुशासित सोझो,मेहनती धरतीको पूजक
नेवारको घर भत्काई बाटो ठूलो बनाऔ भन्छन्
कसैको केही लिन त मूल्य तिर्नुपर्छ
कुलाङ्गारहरूले अझै ठाउँको विकास गर्ने नाममा ,
नेवार वस्तीहरू उज्जाड वनाउने योजना रच्डैछन्
नेवारहरू डाका छुल्याहरूको मिठो वचनमा नफसौँ
हरेक मिठो वचनमा षडयन्त्र जोडेको हुनेछ
ठगेर धन जोडेका धनाध्यले काठमाण्डौ नयाँ सडक कब्जा गरे नेवार उठावास गर्याे ,
बेलैमा समयको आगमनमा नेवारहरूले सोचौँ,
मठ मन्दिरलाई मर्मत सम्भारमा र संस्कृतिलाई जोगाऔँ ।
२०८०÷९÷१८गते ,व्यासी