आदर्श मावि लाय्कुमा स्वागत र विदाई


पुष १८, २०८०, बुधबार | दिउँसो १२:०० बजे | 55


आदर्श मावि लाय्कुमा स्वागत र विदाई

मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ लाय्कुस्थित आदर्श माध्यमिक विद्यालयद्धारा स्वागत र विदाई कार्यक्रम आयोजना गरियो । विद्यालयका प्राचार्य बुद्धिकुमार घोको सभापतित्व्मा भएको कार्यक्रमको उद्घाटन गर्दै बागमति प्रदेशकी सांसद भुवनेश्वरी (भावना) श्रेष्ठले आदर्श मावि लाय्कुले गुणस्तरीय, व्यवहारिक एवं प्रयोगात्मक शिक्षा प्रदान गरिरहेकोमा धन्यवाद दिदैं प्रतिस्पर्धी नागरिक तयार गन आदर्श मावि लाय्कुले गरेको प्रयासको प्रशंसा गर्नुभयो । कार्यक्रमका विशेष अतिथि मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले पढाइका साथै अतिरिक्त कृयाकलाप मार्फत चरित्रवान एवं नैतिकवान विद्यार्थी तयार गर्न आदर्श मावि निरन्तर कृयाशील रहेकोमा कृतज्ञता ज्ञापन गर्नुभयो । उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उपमेयर श्रेष्ठले भक्तपुरको शिक्षाको गुणात्मक विकास र विस्तारमा आदर्श मावि लाय्कुको योगदानको चर्चा गर्दै आफूपनि उक्त विद्यालयमा अध्ययन गरेकोमा गर्व महशुस हुने गरेको बताउनु भयो । विद्यालयका प्राचार्य बुद्धिकुमार घोले विद्यालयको शैक्षिक, प्रशासनिक एवं अतिरिक्त कृयाकलापको संक्षिप्त जानकारी दिदैं गुणात्मक शिक्षा मार्फत प्रतिस्प्रर्धी, दक्ष एवं स्वावलम्बी जनशक्ति उत्पादनको लक्ष्य रहेको बताउनु भयो । कार्यक्रममा उक्त विद्यालयका पूर्व विद्यार्थी डा.शिवशरण श्रेष्ठले एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने जेहेन्दार विद्यार्थीलाई छात्र=छात्रालाई नगद सहित सम्मान गर्न २ लाख ५० हजार रुपैंपयाको अक्षयकोष स्थापन गर्न प्राचार्य घोलाई चेक हस्तान्तरण गर्नुभयो । दानवीर डा.श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षाको गुणात्मक सुधार गर्न उक्त अक्षयकोष मार्फत सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । डा.श्रेष्ठले आफुले वि.सं.२०२८ मा आदर्श मावि लाय्कुबाट एसएलसी परीक्षा दिएको स्मरण गर्दै शिक्षाको विकास बाटै समाजको विकास हुने धारणा राख्नु भयो । कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई टीका, खादा सहित स्वागत गरिएको थियो । कक्षा १२ को अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई उपहार सहित सम्मान गरिएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाद्धारा आयोजित दोस्रो राष्ट्रपति रनि»्गशील्ड प्रतियोगितामा विभिन्न खेलमा विजयी विद्यार्थीहरुलाई पनि विशेष सम्मान गरिएको थियो । स्कुलका शिक्षक कमलप्रसाद भ¤राईले संचालन गर्नु भएको उक्त कार्यक्रममा कार्यक्रमको उद्देश्य र महत्व सहित सहप्रधानाध्यापक हरि बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । शिक्षिका डा.सीता सुवेदी पन्थीले शिक्षा मार्फत मौलिकता, संस्कार अनि असल देशप्रेमी नागरिक तयार हुने भन्दै इमान्दारीता र निरन्तरता भएमा सफलता हासिल हुने बताउनु भयो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले मन्तव्य सहित विभिन्न गीत, नृत्य आदि मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा स्थानीय समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, शिक्षाकर्मी श्यामकृष्ण श्रेष्ठ लगायत सञ्चालक समितिका सदस्यहरुले पनि आआफ्नो धारणा राखेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

आदर्श मावि लाय्कुमा स्वागत र विदाई

Comments