पख्लास्
पुष १६, २०८०, सोमबार | विहान ०५:३० बजे | 55
ऐ पूँजीबादका पक्षपोषक
तिमी पूँजीबादको
संरक्षण गरेर
कहिले सम्म भन्छौ ?
यो क्रान्ति
किसान मजदुरका लागि हो भनि ?
लामो समयदेखि
गरेर सत्ता कब्जा
आफ्ना हरेक क्रियाकलापमा
निम्ता दिइरहेछौ
मोबाइल एसएमएस
फोन,भाइबर मेसेन्जर
अनि
फेसबुक ट्याग, इन्स्ट्राग्राम, इमेलबाट
निम्ताका चाङगै चाङ्ग
उही पूँजिपति नव धनाध्यलाई ।
मै किसानको
बेचेर नारा
सत्तामा पुगेको तिमी
वन्चित गरेर निम्तो
सुरक्षा दिइरहेछौ
उहीँ सामन्त र
नव धनाध्यहरूलाई
भयो
चाहिदैन
तिम्रो निम्तो
चाहिँदैन तिम्रो सत्ता
कुल्चेर मैलाई
फेरि
आउँलास्
मेरै आँगनमा
मेरै मुद्दा उठाएर
त्यतिबेला
म पनि त
देखाइदिनेछु
मेरो मतको
शक्ति ।
पख्लास् ।।
राम चन्द्र प्रजापति