स्वतन्त्रता ?


पुष १४, २०८०, शनिबार | विहान ०२:४६ बजे | 60


स्वतन्त्रता ?

तिमिले उठ भन्दा 
मैले उठनु पर्ने?
तिमिले बस भन्दा 
मैले बस्नु पर्ने
खै
तिमीले कस्तो
स्वतन्त्रता दियौ मलाई ?
निरंकुशताको डोरीमा
झुन्डिएर 
यो कस्तो 
राज्य व्यवस्था 
चलायौ? 

जताततै 
कर नै करको 
मच्चाएर आतंक
कस्तो परिवर्तन दियौ?

कागती निचोरेजस्तै
निचोरेर मलाई
वन्चित पारेर
राज्यको सेवा सुविधा
खै
यो कस्तो 
स्वतन्त्रता 
दियौ
यो
शोषक र सामन्तको
पक्षपोषणमा
तिमीले चलाएको
राज्य व्यवस्था 
अब
धुलिसात पार्ने दिन
नजिकिँदै छ 
कुनैदिन

पर्ख
कुल्चेर दासता
च्यातेर तिम्रो राज्य व्यवस्था
जलाएर
अग्निकुण्डमा
एकदिन परिवर्तनको
कोति होममा
दिएर तिमीलाई बलि
जन्माउनेछन् जनताले
अर्काे युग
पर्ख
तिम्रो दिन
छैन टाढा
किनकी 
अब जाग्दैछ
चेतनाका वस्तिहरू

होसियार
एउटा चिठ्ठीमा आउने
दासत्व
अब जल्नेछ तिम्रै अगाडि
अनि 
ढल्नेछ तिम्रो
निरंकुश कागजी स्वतन्त्रताको
क्रुर राज्य सत्ता 
अनि ढल्नेछ नयाँ
छोटेराजाहरू

२०८० पौष १४ शनिबार 
राम चन्द्र प्रजापति

Comments