“चाख्नै बाँकी छ “


पुष १३, २०८०, शुक्रबार | विहान ०९:२५ बजे | 20


“चाख्नै बाँकी छ “

ढिँडो,गुन्द्रुक,च्याँख्ला,सिस्नो खाईयो
दाल,भात, अचार चाख्नै बाँकी छ।
फापर,मकै,कोदो,गहुँको रोटी खाईयो
पिजा,बर्गर, नान् चाख्नै बाँकी छ।
मकै, भट्मास,गहुँ,जुनेलो भुटेको खाईयो
मुरै, फुरनदाना,दालमोठ, चाख्नै बाँकी छ।
कोदोको खोले,जाउलो,मकैको खोले खाईयो
चाउचाउ,मसरुम सुप,चिकन सुप चाख्नै बाँकी छ।
गहुँको फुरौला,आलुको रिल्दुक खाईयो
अमेरिकन चप्सी,चिकेन चिल्ली,मःमः चाख्नै बाँकी छ।
आगोमा पोलेको मासु,भुटेको मासु खाईयो
सेकुवा,चिकेन तन्दुरी, चाख्नै बाँकी छ।
घिउमा बेसार हालेर पकाएको चाम्रे खाईयो
पुलाउ र बिर्यानी  चाख्नै बाँकी छ।
अदुवा,दूध र नुन हालेको चिया खाईयो
अमेरिकानो र क्यपाचिनो  चाख्नै बाँकी छ।
सुन्तला, आरु,आलु बखडा,नास्पाती,निबुवा खाईयो
एभोकाडो,ड्रागन फ्रुट,किवी चाख्नै बाँकी छ।
गाई भैंसीको दूध,दही,मोही,सर्वत खाईयो
कोक्,फ्यान्टा,रेड बुल चाख्नै बाँकी छ।
भिर मौरी,घर मौरीको मह कति खाईयो
ओरेन्ज जाम र पियर जाम चाख्नै बाँकी छ।
उसिनेको आलु,पिँडालु,सुठुनी,तरुल खाईयो
लाखामारी,लड्डु,पेडा,मफिन् चाख्नै बाँकी छ।
योमरी,भक्का, बगिया,सेलरोटी,परौठा,खाईयो
सेफाले,समोसा,आलु चप चाख्नैबाँकी छ
स्कुस,सिमी,आलु, भन्ताको तरकारी खाईयो
ताफु पनीरको तरकारी  चाख्नै बाँकी छ।
गुन्द्रुक,सिम्ता,मस्यौरा, सिन्कीको झोल खाईयो
सोया बडी,अञ्चोबिज चाख्नै बाँकी छ।
खाने कुराको परिकार पनि कति हो कति?
नाम नै थाहा छैन।
कति कुराको परिकार चाख्नै बाँकी छ।
बाजे बजै हरुले देख्नु नै पाएनन्।
बा आमाले अलिकता चाख्न पाए।त्यो भन्दा बढि हाम्रा 
नानी हरुले खान पाउँदै आएका छन्।
जति समय बित्दै जान्छ त्यति नै नयाँ नयाँ परिकारहरु
बन्दै जान्छन् अनि त कति परिकारहरु चाख्नै बाँकी छ।
खेती लाउन छोडेर खेत बारी बाँझै भएता पनि
खाने कुराको नयाँ नयाँ परिकार बन्दै जान्छन्।
त्यसैले त चाख्नै बाँकी छ।
त्यो उमेर बाट यो उमेर भै सकियो।
अझै कति परिकारहरु चाख्नै बाँकी छ।
जीवनको अन्तिम समयसम्म कति परिकारहरु चाख्नै बाँकी
हुने छन् होला?
कति परिकारहरु बन्नै बाँकी छ। त्यसैले त चाख्नै बाँकी छ।
अझै कति परिकारहरु चाख्नै बाँकी छ। मैले जस्तै सबै जनाले 
चाख्नै बाँकी छ।
साँच्चै हो नी हजूर चाख्नै बाँकी छ।
मुना राई
घट्टेकुलो काठमाडौँ
muna55simpani@gmail.com

Comments