दश थुँगा फूल " (समालोचना सङ्ग्रह ) प्रकाशित हुने


पुष ११, २०८०, बुधबार | दिउँसो ०१:३२ बजे | 50


दश थुँगा फूल " (समालोचना सङ्ग्रह ) प्रकाशित हुने

अनुशीलन नेपालको आयोजनामा ११ जना साहित्यकारहरुको भेटघाटसहितको बैठक बस्यो । डा इन्दुल केसीको सभापतित्वमा बसेको यस बैठकले "दश थुँगा फूल " शीर्षकको समालोचनासङ्ग्रह तयार पारी अनुशीलन नेपालले प्रकाशन गर्ने निर्णय गरियो । बैठकमा साहित्यकारहरू डा इन्दुल केसी, जीवनाथ अधिकारी, पदम दाहाल, दुण्डीराज पोखरेल, बुद्धिकुमार घो, साधुराम गिरी, डा सीता सुवेदी पन्थी, सुनिल सापकोटा र चुडाप्रसाद चौलागाईको सहभागिता रह्यो । साहित्यकार विष्णु ओली देशबाहिर र प्रजापति तिमल्सिना विशेष कारणले उपस्थित हुन सक्नुभएन । यसअघि नै दशजना साहित्यकारका विविध विधाका दश कृतिको एकअर्काले समालोचना गरी सङ्ग्रह तयार पार्ने र त्यसलाई प्रकाशन गर्ने निर्णय गरिएको थियो । त्यही निर्णयलाई आजको बैठकबाट कार्यान्वयनमा लैजाने प्रक्रियाको आरम्भ गराइएको छ। पुस्तकको सम्पादन डा सीता सुवेदी पन्थीबाट हुनेछ भने प्रकाशन अनुशीलन नेपालबाट हुनेछ। सङ्ग्रह माघको पहिलो हप्ता प्रकाशित हने कुरा अनुशीलन नेपलका अध्यक्ष जीवनाथ अधिकारीले बताउनुभयो ।

Comments