अक्सफोर्ड प्राक्टिकल स्कूलमा संस्कृतिक फुड फेस्टिभल, अभिभावकको घुइचो
पुष १०, २०८०, मङ्गलबार | दिउँसो ०२:२३ बजे | 80
भक्तपुर, १० पुस। 'संस्कार बसालौ, संस्कृति बचाऔ ' भन्ने नाराका साथ अक्सफोर्ड प्राक्टिकल स्कूलमा एक दिवसिय फुड फेस्टिभल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम दुवालको सभापतित्वमा सम्पन्न भयो। शिक्षालाई जीवनपयोगि बनाई विद्यार्थीलाई गरेर सिक्ने वातावरणले मात्र दिगो र व्यवहारिक शिक्षा दिन सकिने कुरा कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख श्री कृष्ण प्रसाद कर्माचार्यले बताउनुभयो। व्यवसायिक एवम् व्यवहारिक सिप प्रबर्दन, विकास र बजार व्यवस्थापन सम्बन्धित ज्ञान, सिप र क्षमता अभिबृदी गर्न कार्यक्रम सफल भएको बताउनुभयो। यसबाट विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा मात्र सिमित नभई स्थानीय पाठ्यक्रम, संस्कारयुक्त सिकाई हस्तान्तरणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रवि दुवालले कार्यक्रम संचालन गर्नुको उदेश्य प्रकाश पार्दै बालबालिकाको व्यापारिक कारोबारलाई मात्र सिमित नगरी त्यससंग आउने सक्ने चुनौती, समस्या र समाधानका उपायहरु अपनाउन सक्ने क्षमताको विकास गर्नु हो। यसले वर्तमान प्रतिस्पर्धात्मक क्षेत्रमा आफ्नो प्रतिभाको पहिचान गर्न सफल बनाउनुपर्ने कुराको समेत जानकारी दिनुभयो। कार्यक्रममा भक्तपुर नगरपालिका वडा न. १ का वडा सदस्य गंगा माया बमनूले कार्यक्रमको शुभकामना व्यक्त गर्नुभयो। सोहि कार्यक्रम विभिन्न खाद्य परिकार, समेबजी, योमरी, व, चतामारी, दही संगै पूर्व प्राथमिक तहका विधार्थीहरुले फलफूल, तरकारी, भटमास, मकै, बदामका स्टलहरु समेत राखिएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुबाट लाइभ म्यूजिक , नृत्य, गीत प्रस्तुत गरेको थियो भने कक्षा ११ का होटेल म्यानेज्मेंटका विद्यार्थीहरुको आतिथ्यता सत्कारमा समेत सहभागिता गराइएको थियो। कार्यक्रममा २०० भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको कुरा कार्यक्रमका संयोजक मनिता नेपालले जानकारी गर्नुभयो। कार्यक्रममा उपस्थित अभिभावकहरुलाई मनोरन्जन गराउन विभिन्न हार्वेनिय प्रस्तुतीकरण, किताब स्टल, फेस पेन्ट, सृजनात्मक कला र खेलहरु समेत व्यवस्थापन गरिएको थियो।
फाेटाेमा हेर्नुहाेस्...