सकियो “लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी कार्यशाला


पुष ९, २०८०, सोमबार | विहान ११:३३ बजे | 90


सकियो “लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी कार्यशाला

भक्तपुर । वागीश्वरी कलेज मानविकी तथा समाजशास्त्र सङ्कायको आयोजनामा स्नातक तह बीए÷बीएएसडब्लु चौथो वर्षका विद्यार्थीहरुलाई लक्षित गरी “लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । 
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. कमलकुमार पौडेल र उपप्राध्यापक डा. कमलराज देवकोटा कार्यशालाका मुख्य स्रोतव्यक्ति रहनुभएको थियो । 
कार्यक्रमको उद्घाटन कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुले अध्ययन गरिएको सैद्धान्तिक ज्ञानलाई सरल तरिकाले प्रोजेक्ट वर्कमा प्रयोग गर्न यस कार्यशालाले सहज बनाउने जानकारी दिनुभयो ।
कार्यशालामा स्नातक तह बीए÷बीएसडब्लु चौथो वर्षको पाठ्यक्रममा रहेको अनुसन्धान रिपोर्टसम्बन्धी विद्यार्थीहरुलाई सहजीकरण गर्न उक्त कार्यशाला आयोजना गरिएको मानविकी सङ्कायका प्रमुख राजन फेलुले बताउनुभयो । 
जम्मा चार सेसनमा सम्पन्न उक्त कार्यशालाको पहिलो चरणमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा स्थानीय अनुसन्धान विषयलाई समेटेर लेखन कार्य गरिएको थियो भने दोस्रो चरणमा सोही विषयस“ग सम्बन्धित अनुसन्धान लेखहरु खोजी समीक्षा गर्ने तरिका सिकाएका थिए । 
कार्यशालामा उपस्थित विद्यार्थी कवीर बुद्धाचार्यले कार्यशालाको आयोजना गर्नुभएकोमा कलेजप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको कार्यशालाले विद्यार्थीहरुको अनुसन्धान गर्ने विधिमा थप सहयोग पुगेको बताउनुभयो । 
कार्यशालाको समापन कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले कार्यशालामा उपस्थित विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै स्रोतव्यक्तिद्वय सहप्रा.डा. कमलकुमार पौडेल र उपप्रा.डा. कमलराज देवकोटालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका शिक्षिका अविना श्रेष्ठले पनि बोल्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सकियो “लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी कार्यशाला
सकियो “लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी कार्यशाला
सकियो “लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी कार्यशाला

Comments