घुम्दा घुम्दै खोकना


पुष ७, २०८०, शनिबार | दिउँसो ०१:०२ बजे | 75


आहा १ छोयला । प्रख्यात नेवारी डिस । कसै कसैले यस्लाई रांगाको पोलेको मासु भने पनि गरिन्छ । यस्लाई मीठो बनाउन एउटा तेलको प्रयोग गर्छ । हो त्यही तोरीको तेल बन्ने प्रख्यात ठाउँ रे खोकना । सुन्दै आएको । 
खोकनाको बसपार्कमा बसबाट ओर्लने बितिकै सहकारी मार्फत पनि बेच्ने गरिन्छ अचेल सायद । मैले बेच्ने थलोको साईनबोर्डहरुमा आँखा डुलाएं। साईनबोर्डले त्यही भनिरहेको जस्तो लाग्यो ।
लगत्तै म खोकनाको बस्ती भित्र छिरें । 
मंसिर २६, २०८० साल । 
दिउँसोको समय भएर पो हो कि प्राय बुढाबुढी मात्रै घाम ताप्दै काम गरिरहेको देख्छु । बाटोमा हांस डुलिरहेको बस्ती भित्र सांगुरा गल्ली गल्ली मलाई निम्त्याईरहको जस्तो हुन्छ । धित मार्ने गरि घुम्नु है यो सानो परम्परागत नेवार बस्ती भनिरहेको जस्तो पनि लाग्छ ।
फुर्सदको समय पनि साट्नु है १ खोकनाले आवाज दिएकै हुनु पर्छ सायद मलाई ।
बस्ती भित्र इन्द्रायनीको मन्दिर जिर्णोद्वार गरिरहेको रहेछ । पुर्खाको नासोलाई सिगार्नु कर्तब्य ठानेको होला खोकना बासिले । 
म त्यही इन्दायनी मन्दिरको दक्षिणतिरको गल्लीमा छिर्छु । 
मेरो बालसखा साथी यही बिहे भएर आएको थियो करिब १७,१८ बर्ष पहिले । सरला कर्माचार्य श्रेष्ठ, उनको नाम। श्रेष्ठ संग बिहे भएकोले श्रेष्ठ पनि थर थपेको रे । 
प्राय किसान बर्गको बाहुल्य रहेको यो बस्तीमा नेवार समुदायको अरु थरको पनि उपस्थिति छ भनेर मेरो साथीको परिवारले उदाहरण दिई रहेको हुन्न सक्छ । 
तर म भने थर भन्दा पनि मानिस र मानबताको कुरा गर्न रुचाउछु ।
१,२ बर्ष अगाडि मात्र उनको घर थाहा पाएको थिएं मैले । बस्तीमा म त्यही बेला देखी २,३ चोटि आउजाउ गरिसकेको छु । मलाई यो बस्तीको के चिजले तान्यो मलाई थाहा भएन । जति पटक आएं पनि आत्मीयता सांचेर फर्किए जस्तो हुन्छ मलाई ।
माना, पाथी जस्ता पुराना नाप्ने सामाग्री भेट्छु सरलाको घरको कुनै कुनामा । 
मनमनै गुन्छु, अहिलेसम्म पनि यस्को यहाँ चलन रहेछ भनी अनुमान लगाउछु । खुल्डुली पछि सोध्न पुगें सरला संग । उनी भन्छिन ( पहिला खेतीपाटी हुन्थ्यो रे अहिले जग्गा प्राय भाडामा लगाउने गरेको कुरा सुनाईन ।
मनमा बस्ती घुम्ने लोभले छोडेकै थिएन । अनेक थरीको प्रकार खुवाउन उनी भान्छामा जमीरहेकी थिईन । नअघाउन्जेल कहाँ छोड्थ्यो र १ अघाईसके पछि भने म घर बाहिर निस्कें, सरलाको संग बिदा मागेर ।
घरबाट बाहिर निस्कनु अगाडि कौसीबाट पश्चिम् पट्टि थिङ उभेको पहाडतिर आँखा ठोकाएको थिएं । सिकाली मन्दिर पनि यहांको प्रख्यात मन्दिर रहेछ । बस्ती बाहिर एकान्तमा रहेको सिकाली मन्दिरको दर्शन साथीको घरको कौसिबाटै गर्न भ्याएं ।
सरला संग छुटिएर बस्ती भित्रको गल्ली गल्ली लखर लखर हिडदा मानौं कुनै अन्जान ठाउंमा स्वतन्त्र उडिरहेको चंगा जस्तै भएको थियो मेरो मन । 
कतै पाटिमा आँखा अठ्याएं त कतै नेवारी शैलीको घरको मुल गेटको बुट्टेदार ढोकामा टक्क मन र आँखा दुबै बिसाएं । हेर्दै मनमोहक नेवारी शैलीको घरको ढोकाले मनमा हाम्रो पुर्खा पाला देखिको कलाको ठुलै खानी र पारखी यता पनि देख्न पाएको महसुस भयो मलाई ।
सांगुरो गल्लीको हल्का ओरालोमा भने केही केटाहरु खाजा पसलको कुरा गरिरहेका थिएं । 
अनि झट्ट याद आयो पक्कै नेवारी खाजा पसल होला यतै कतै । 
खानामा थकाली भए जस्तै खाजामा नेवारी प्रख्यात छ जताततै । मेरो पेट भने मेरो साथी सरलाले अघाई दिएको थियो । त्यही तुम तुम भुडी ठटाउदै हिड्दा मलाई भने भोक जागेको थिएन । 
त्यसैले खाजा पसलको त्यति चासो जागेन ।
तर मनमा भने एउटा हुतहुतिले छोडेन । यहांको खाजा र नेवारी भोजको बारेमा जाने उत्सुकता । 
त्यसो त यो हुतहुति हालसालै निकै चर्चा बटुलेको एउटा नेवारी गीतको कारणले हुन सक्छ । गीतकार, संगितकार तथा स्वंय पनि गायक रोज मान महर्जन यहाँ कै बासिन्दा भएको थाहा पाएं । साथी सरला भन्दै थिई ( उ म्युजिक शिक्षक रे ।
मनमा गीतले गुन गुन पो गरिहाल्यो ।
झं झं धाल भ्वे छें या भ्वे नया 
ले ले तालं छङगु हे ख्वां स्वया 
ऐला लुवाया।।।
धे धे चुल छं ऐला लुवया छन्त स्ववया
                                                    ९नेवारीमा मुकुरा बोल०
रमाईलो भो भोज घरको भोजले
रमायो यो मन तिम्रो त्यो मुहारले 
रक्सी हालेर।।।
झ्यापै लाग्यो त्यो तिम्रो रक्सीले
तिमीलाई हेरेर 
                                                      ९नेपालीमा उल्था०
रोमान्टिक यो नेवारी दोहरी प्रकारको गीतले झ्याली पिटेको थियो । टोल टोल देशै भरी अनि बिदेशमा पनि यस्ले चर्चा बटुलेको थियो । भनिन्छ गीत संगीतको कुनै भाषा हुदैन । राम्रो भयो भने सबैलाई मन छुने हुन्छ । यस्तै भएको होला यो भाईरल गीत । नेपाल भाषाको भए पनि अरु धेरै भाषाभाषीले पनि मन पराएर टिकटक बनाएको थियो रे । यस्तै कुरा सुन्न आयो ।
यिनै भाईरल गीतको सर्जक हुन रोजमान महर्जन, खोकनाबासी । यस्मा अभिनय गर्ने कलाकारहरु पनि प्राय यहाँ कै छ्न धेरै जसो । मैले मन मनै ठम्याएं । गायिका निशा देशार भने यहांकी होइन रे ।  
मलाई लागेको एउटा कुरा चाहिँ पक्का हो । सर्जकले कुनै ठाउँलाई उचाईमा मात्र पुर्याएको हुदैन, ठाउँ चिनाउन अनि गर्ब गर्ने लायकको ठाउँ पनि बनाएको हुन्छ । 
सम्भब त यो ठाउंको आकर्षकको चौगुना थपेको कारणको पछाडि पनि यिनै सर्जकहरुले उज्यालिएको हुन सक्छ ।
यो गीतको सृजना कसरी भएको हुन्न सक्छ भने अनुमानले मेरो मगजमा चक्कर लगायो । 
भोज हुने ठाउँ सतल पाटीतिर ध्यान गयो । भ्वय छें अर्थात भोज घर, कस्तो पो होला । मैले देखेको जस्तै होला कि यहाँ अलि फरक रु प्रश्न मेरै मनमा ठन्काएं । 
एउटा कुरा पक्का चाहिँ यहाँ रक्सी संगै भोज हुने गरेको होला भनेर मगजमा सुईक्याएं । पक्कै यो नेवारहरुको परम्परागत भोज शैलीको कल्पना र भावनाको सयोगले नै यो गीत सृजित भएको हुन्न सक्छ । कुनै दिन रोज मान संगै सोध्नु पर्ला । मनमनै गुनें । 
खैर, खोकना घुमघामले मन मस्तिष्क मात्र छोएन । ह्रुदय भित्र पनि छोयो । मेरो बालापनमा बितेका जस्ता ठाउँले कता कता म भित्रै हराउने पनि बनाईदियो । लस्करै बनाईएको घर अनि गल्ली भित्र छिर्दा म यतै कतै सम्झनामा पो हराएछु । 
गल्ली छिचोलेर हिड्दा हिड्दै भने बस्ती छेबैमा रहेको चौतारो जस्तो पिपलको रुखमुनी ठोक्छु । एकछिन खेती गर्ने फांटहरुतिर आँखा डुलाउएं । नयां घरहरु बन्दै गरेको रहेछ । पुन एकचोटि बस्ती बाहिर एकान्तमा रहेको सिकाली मन्दिरलाई टाढाबाट दर्शन गरें ।
त्यतिबेला सम्म छोटो दिन धल्न खोजिरहेको थियो । मन्द चिसो हावा चलिरहेको थियो । चिसो लाग्ने डर पनि भयो । गर्मी याममा यहांको हावा खान छुट्टै मज्जा आउने होला भनेर मनमनै गुनेर फर्कने तरखर गरें । 
श्रीरुद्रायणी सेकेन्डरी स्कुलमाआँखा डुलाउदै हल्का उकालोमा लस्करै रहेको घरको फोटो मोबाईलमा भरें । खोकनालाई आत्मा भित्र सजाउदै त्यस दिनको लागि त्यहांबाट बिदा भएं ।
घुम्दा घुम्दै खोकनामा रमाएं । 
धन्यवाद तपाईलाई १ समय दिएर पढ्नु भो ११
मोहन के। श्रेष्ठ

Comments