लघु कथा ः सबैलाई पैसाले होइन असल राजनीतिले मन जित्नुपर्छ


पुष ६, २०८०, शुक्रबार | विहान ०५:०५ बजे | 25


लघु कथा ः सबैलाई पैसाले होइन असल राजनीतिले मन जित्नुपर्छ

पिकेआर
आयुषा र रायुषा भडेल दुवै टुहुरा बालिका थियो । सानैमा उनीहरुका बुबा जाँडरक्सी खाने भएकोले वित्नुभयो । समाज अशिक्षित भएकोले जाँडरक्सी, चुरोट र जुवातासले सबै सम्पत्ति तहस नहस भयो । आमा एक्लै मजदुरी काम गर्दै उनीहरुलाई पालनपोषण गर्दै आयो । देशमा निरंकुश पञ्चायती व्यवस्था समाप्त भएको चौतीस पैंतीस बर्ष भयो । समाजवाद उन्मुख संविधान लेखेको र गणतन्त्र आएको पन्ध्र सो¥ह बर्ष भयो । तर काम गरी खाने जनताको लागि अमुल परिवर्तन भएन । बहुमत जनताको हितमा काम गर्न सकेन । 
गणतन्त्रमा पनि आयुषाको आमाले ज्यालामजदुरी गरेर मासिक छ सात हजार आउन्थ्यो । बालिकाहरुलाई के खुवाउने, के लगाउन दिने, कसरी पढाउने भई रहेको थियो । शिक्षामा सरकारी विद्यालयको गुणस्तर नहुँदा सबैलाई निजि विद्यालय बोर्डिङ्गको लहर फैलिए रहेको थियो त्यसैले आयुषाको आमाले आधा पेट काटेर भएपनि बालबालिकाहरुलाई चाँगुको एउटा बोर्डिङ्ग विद्यालय भर्ना गर्यो ।
आयुषाले राम्रो संग पढ्न नसकेतापनि एसईई पास गर्यो । तर उसंग बोर्डिङ्ग विद्यालयको लब्धाङ्क पत्र अथवा मार्कसीट र चारित्रीक प्रमाणपत्र लिन कोचिङ्ग कक्षा समेतको भनि छब्बीस सत्ताईस हजार रुपैंया आवश्यक थियो । शुल्क नतिरिकन उक्त प्रमाणपत्रहरु नदिने विद्यालयले बताएपछि पैसा नभएकोले फोटोकपि प्रयोग गरेर प्लस टु पढ्यो । 
प्लस टु पास भएपछि देशको बेतिथि, भ्रष्ट्राचार, बेरोजगार, परनिर्भरता, शासक दलका नेताहरुको झुठा आश्वासन, समाजमा देखिएको ठगी, चोरी, डकैती, हत्याहिंसा र बलात्कारको घटनाले आयुषाले विदेश जाने मनस्थिति बनाए । त्यसको लागि एसईईको लब्धाङ्क पत्र अथवा मार्कसीट र चारित्रीक प्रमाणपत्र लिन गए । तर विद्यालयले जरिवाना र व्याज समेत हिसाव गर्दा तीसौं हजार चाहिने हिसाव निकाल्यो । त्यतिको पैसा तिर्न नसक्ने भएपछि अभिभावक संघहरुलाई अनुरोध गर्यो । अभिभावक संघका प्रतिनिधिहरु मणि र रामले अनुरोध गर्दा समेत जरिवाना र व्याज छुट गर्दा तेइस चौबीस हजार तिर्नुपर्ने हिसाब निकाल्यो । आयुषाको काकीले आवश्यक रकम तिरेर लब्धाङ्क पत्र अथवा मार्कसीट र चारित्रीक प्रमाणपत्र ल्यायो । 
अभिभावक संघका प्रतिनिधिको मनमा के लाग्यो भने निःशुल्क, अनिवार्य र बैज्ञानिक शिक्षाको नारा सहित विद्यार्थी आन्दोलनबाट हुर्केका गरिब परिवारबाट आएका रमेश त्यस बोर्डिङ्ग स्कुलको डाइरेक्टर र उसको श्रीमति श्रृजना प्रिन्सिपल भएकाहरुले गरिब जनताको भावनाहरु बुझ्दैन भने अरुलाई के भन्ने ? मानवीय संवेदनाहीन भएर गरिबलाई पैसा नतिरेको भरमा प्रमाणपत्रहरु नदिनु कतिको जायज छ ? के पैसा नै सबथोक हो ? पैसाले अभिभावक र विद्यार्थीको मन जित्न सक्छ ? सरकारी विद्यालयहरुलाई अहिले विस्तारै सुधार गर्दै गुणस्तरीय बनाउँदै छ । अभिभावक र विद्यार्थीको मन जित्न सकेन भने त्यो निजि विद्यालयमा कोहि पनि भर्ना हुँदैन । देशको बेतिथि, भ्रष्ट्राचार, बेरोजगार, परनिर्भरता, शासक दलका नेताहरुको झुठा आश्वासन, समाजमा देखिएको ठगी, चोरी, डकैती, हत्याहिंसा र बलात्कारको घटना नहुने आर्दश समाजको निम्ति लाग्ने आयुषाले प्रण गरेर विदेश गए र पैसा कमाएर स्वदेश फर्केपछि देशको सेवामा समर्पिण भए । पैसाले जे पनि किन सक्ने मानसिकता राख्ने पुँजिवादी विचारको एक दिन अन्त्य निश्चित छ । सबैको मन जितेर राजनीतिलाई जनताको सेवामा प्रयोग गरे जनताको विश्वास जित्न सक्छ र एकदिन सत्यको विजय हुनेछ । जनताको विजय हुनेछ । निमुख गरिब जनताको शासन आउने छ ।

Comments