'अक्सफोर्ड कल्चरल फूड फेस्टिभल: २०८०' हुने
पुष ६, २०८०, शुक्रबार | विहान ०५:०१ बजे | 50
सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुल तथा कलेजको आयोजनामा 'अक्सफोर्ड कल्चरल फूड फेस्टिभल: २०८०' हुने भएको छ।
उधौली पर्व, धान्यपुर्णिमा तथा योमरि पुन्हिको अवसर पौष (आउँदो मंगलबार) 'एपीक्युरियन एक्त्राभ्यागन्जा ह्ववर एभ्री बाइट टेल्स अ टेल' नारा लिएर फेस्टिभल आयोजना हुन् लागेको प्राचार्य रवि दुवालले जानकारी दिए।
अक्सफोर्डीयन क्लब र अक्सफोर्ड रेडक्रसको सहयोगमा हुने फेस्टिभलमा लाइभ म्युजिक, डान्स, कार्निभल गेम, बुक स्टल, आर्ट वोर्क सेल तथा फूड फेस्ट हुने छन्। त्यस्तै, फेस पेन्टिंग, मार्केट स्टल, हर्ब ईन्फो लगायत थुप्रै आकर्षक कार्यक्रम हुने आयोजक कलेज प्रशासनले जानकारी दिएको छ।
विद्यालय तथा कलेजका विद्यार्थीहरुको अतिरिक्त ज्ञान-सिप, क्षमता तथा कलालाई प्रवर्धन गर्नुका साथै सैदान्तिक ज्ञानलाई व्यवहारिक रुप दिनको लागि यो फेस्टिभल आयोजना गर्न लागिएको प्राचार्य दुवालले बताए।
फेस्टिभलमा नि:शुल्क प्रवेश पाइने आयोजकले जानकारी दिएको छ।