भीम आदर्शको शैक्षिक भ्रमण
पुष ५, २०८०, बिहीबार | विहान १०:४० बजे | 45
काठमाडौं, पुष ४ । भीम आदर्श आधारभूत विद्यालयको वार्षिक कार्य तालिकाअनुसार बुधबार काठमाडौं जिल्लाका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको अध्ययन भ्रमण सम्पन्न भएको छ । काठमाडौं जिल्लाका बुढानिलकण्ठ मन्दिर, बालाजु बाईस धारा, शंखपार्क, बाैद्धनाथ, पशुपतिनाथ लगायतका ऐतिहासिक तथा विश्व सम्पदामा सुचिकृत सम्पदाको अध्ययन भ्रमण गराईएको हो । विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानकाे प्रत्यक्ष अनुभव गराउन हरेक वर्ष शैक्षिक भ्रमण गर्ने गरिरहेको छ । विभिन्न खेलहरू सहितको उक्त भ्रमणमा विद्यालयका कक्षा १ देखि ७ सम्मका विद्यार्थीको उल्लेख्य सहभागिता रह्यो ।
फाेटाेमा हेर्नुहाेस्...