नेसनल प्याव्सन भक्तपुरमा एसईई अभिमुखीकरण
पुष ४, २०८०, बुधबार | दिउँसो ०३:३३ बजे | 20
अभिमुखीकरण कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा.तारा प्रसाद गिरी जी ले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा नै हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुन्छ त्यसकारण विद्यार्थीहरुले आजको समयलाई सहि सदुपयोग गर्नु पर्ने सन्देश प्रवाह गर्नु भयो ! साथै डा. तारा जीले विविध जीवनपयोगी उत्प्रेरणा जोड्दै पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यन्त्र खेर फाल्न नहुने दृष्टान्त दिनु भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीहरुले अब २०८० मा हुने एसईईमा कम्तीमा ३५% प्रतिशत ल्याउनै पर्ने प्रणाली लागु हुने उल्लेख गर्दै पढ्नु र सिक्नु भनेको विद्यार्थीले निरन्तर अभ्यास गर्दै जानु हो ! शर्माले एसईईमा अब एन जि प्रणाली लागु हुने कुराको जानकारी प्रत्यक्ष विद्यार्थीहरुलाई नै दिने अवसर प्रदान गरेकोमा नेसनल प्याव्सन भक्तपुरलाई आभार प्रकट गर्नु भयो !
साथै कार्यक्रममा अतिथि पूर्व परीक्षा नियन्त्रक तथा नेनाल सरकारका उपसचिव अर्जुन बहादुर रायमाझी, नेसनल प्याव्सन केन्द्रीय सदस्य जिबि खड्का लगाएतको उपस्थिति रहेको थियो ।
कोभिड -१९ पछि विद्यार्थीहरुको सिक्ने र पढ्ने जाँगरमा ह्रास आएको र तत्कालिन अक्षराकं प्रणालीको कारण नपढे नि उत्तीर्ण भइनेछ भन्ने विद्यार्थी र अभिभावकहरु भ्रममा रहेकाले पनि विद्यार्थी तथा अभिभावकहरुलाई परीक्षा विशेष एवं सिकाईमा सहभागिता सम्बन्धि यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै जानु पर्ने कुरा नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले जानकारी दिनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...