एभरेस्ट स्टीम एक्जीविसन
पुष ३, २०८०, मङ्गलबार | विहान ११:०६ बजे | 55
कक्षा कोठा तथा प्रयोगशालामा सिकेको ज्ञान र सिपलाई अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारका सामु प्रस्तुत गरिएको कला नै एभरेस्ट स्टीम एक्जीविसनको रूपमा रह्यो। उक्त प्रदर्शनीमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलेनिर्माण गरेका विज्ञान ,प्रविधि , इन्जिनियरिङ्ग , कला , गणित (स्टीम) लगायतका विधासँग सम्बन्धित सामग्रीहरू राखिएका थिए। बिहान १० बजेदेखि शुरु भएको प्रदर्शनी दिउँसो २ : बजे सम्म चलेको थियो। आफ्नो ज्ञान र सिपलाई कलाको रूपमा प्रदर्शनी र प्रस्तुती दिन पाउँदा विद्यार्थीहरू निकै उत्साहित देखिन्थे। प्रदर्शनीले विद्यार्थीमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानको साथै आत्मविश्वास समेत बढेको पाईयो। आफ्ना नानीहरुको सिप तथा कलालाई प्रदर्शनीमा देख्न पाउँदा अभिभावकहरू दङ्ग परेको पाईयो। अवलोकन पछि आगन्तुक तथा अभिभावकको सकारात्मक टिप्पणी र सुझावले सिङ्गो विद्यालय परिवार निकै उत्साहित देखिन्थ्यो। प्रदर्शनीको अन्त्यमा विद्यालयका संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीले प्रदर्शनीमा उपस्थित भई हौसला बढाउनु हुने अभिभावक तथा आगन्तुक , प्रत्यक्ष सहयोग , पुर्याउने शिक्षक तथा कर्मचारी , आफ्नो ज्ञान , कला , सिप र क्षमता प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा अझ उच्चस्तरको प्रदर्शनी गर्न प्रोत्साहन मिलेको बताउनु भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...