ख्वपको मानविकी संकायका विद्यार्थी फेरि त्रिवि टपर हुन सफल


पुष १, २०८०, आइतबार | विहान ११:१६ बजे | 50


ख्वपको मानविकी संकायका विद्यार्थी फेरि त्रिवि टपर हुन सफल

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको मानविकी सकायका एकजना छात्रा फेरि पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) टपर हुन सफल भएकी छन् । स्नातकोतर तह अंग्रेजी मुख्य विषय लिएर अध्ययन पूरा गरेकी पलिस्था रञ्जितकार त्रिवि टपर हुन सफल भएकी हुन् । 
त्रिवि टपर भएसँंगै उनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्ण पदक प्राप्त गरेकी छन् । उनले कुल ३.९१ जीपी ल्याएकी थिइन् । 
एम.ए.अंग्रेजी साहित्यमा सर्वप्रथम भएकी पलिस्था दस जोड दुईदेखि नै ख्वपकी विद्यार्थी थिइन् । उनले ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरबाटै दस जोड दुई उतीर्ण गरेकी थिइन् । त्यसपछि ख्वप कलेज भर्ना भएका उनको मुख्य विषयहरु स्नातक तहमा अंग्रेजी र पत्रकारिता थिए । 
हाल उनी कलेजमै अध्यापनरत छन् । उनी पत्रकारितामा पनि आवद्ध छन् । साथै उनी नाटक क्षेत्रमा पनि आवद्ध छन् ।
कलेजले समयसमयमा त्रिवि टपर विद्यार्थी उत्पादन गर्न सफल हुँंदै आएको छ । यसअघि पनि व्यवस्थापन संकायका तीन जना छात्राहरु एकैसाथ त्रिवि टपर हुन सफल भएका थिए ।  

फाेटाेमा हेर्नुहाेस्...

ख्वपको मानविकी संकायका विद्यार्थी फेरि त्रिवि टपर हुन सफल
ख्वपको मानविकी संकायका विद्यार्थी फेरि त्रिवि टपर हुन सफल

Comments