सकियो अन्तर कलेज कविता प्रतियोगिता
पुष १, २०८०, आइतबार | विहान १०:३५ बजे | 10
काठमाडौं । राजधानीको डिल्लीबजारस्थित ट्रिनटी इन्टरनेशनल कलेजको आयोजनामा १३ औ अन्तरकलेज कविता प्रतियोगिता भएको छ । प्रतियोगिता अंग्रेजी र नेपाली दुई छुटाछुटै भाषामा भएको थियो । नेपाली भाषाका कविताको मूल्यांकनकर्ताहरुमा डा इन्दुल केसी, मुना राई र माधव विडारी रहेका थिए । प्रतियोगितामा २२ वटा दस जोड दुईका ४४ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा सहभागी कविताहरुको संकलनलाई पुस्तकका रुपमा आयोजकबाट प्रकाशित गरिने जनाइयो ।
प्रतियोगिता उदघाटन कार्यक्रमको सभापति प्राडा कृष्णप्रसाद दाहाल रहेका थिए । कार्यक्रममा मूल्यांकर्ताहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...