भीम आदर्शमा टोलबासीहरुबीच भेला


पुष १, २०८०, आइतबार | विहान ०८:१० बजे | 40


भीम आदर्शमा टोलबासीहरुबीच भेला

भक्तपुर मंसिर ३० । भीम आदर्श आधारभूत विद्यालयको आयोजनामा स्थानीय टोलबासीहरुको भेला विद्यालयमा शनिबार सम्पन्न भयो । भेलामा भक्तपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयलाई प्राथमिकता राखेको बताउँदै विद्यालयका शिक्षकहरु एकताबद्ध भएर विद्यार्थी र अभिभावकको रुची अनुसार चल्न सके विद्यालयले प्रगति गर्ने बताउनुभयो । उक्त भेलामा नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष एवम् गणेश माविका प्रअ गणेशराम थुसाले शिक्षा राज्यको दायित्व भएकोले सामुदायिक शिक्षामा राज्यको लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई विकास गर्न विद्यालय प्रशासन चुस्त बनाउनुका साथै शिक्षकहरु कतव्र्यनिष्ट भई अतिरिक्त समय विद्यालयको लागि दिएर मिहेन गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले दिएको शिक्षाको सुविधालाई स्थानीय जनतासम्म विस्तार गर्न सम्बन्धित पक्षहरु बीच समन्वयात्मक रुपमा लाग्नुपर्ने बताउनुभयो । सोही भेलामा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्द्रकृष्ण ग्वाछाले विद्यालयलाई सामाजिक कार्यमा अग्रसर गराउनुपर्ने बताउनुभयो ।  उक्त भेलामा विद्यालयका प्रअ दीपक माकले विद्यालयको गतिविधि बारे जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न भएको सो भेलामा स्थानीय नारायण प्रसाद खाइतू, रत्नशोभा दुवाल, रोशन गाइजू लगायत विद्यालयका शिक्षक पूजा दाहालले पनि बोल्नुभयो

फाेटाेमा हेर्नुहाेस्...

भीम आदर्शमा टोलबासीहरुबीच भेला

Comments