विनायक शिक्षा निकेतनमा हाजिरी जवाफ प्रतियोगिता
मंसिर ३०, २०८०, शनिबार | विहान ०४:२६ बजे | 50
मध्यपुर ठिमी ,भक्तपुर अतिरिक्त क्रियाकलाप शैक्षिक उन्नतिका संवाहक हुन् यसका माध्यमबाट विद्यार्थीहरुको सर्वाङ्गीण विकास हुनका साथै मानसिक क्षितिज फराकिलो बनाउन सकिन्छ भन्ने विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै अगाडि बढिरहेको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल ,मध्यपुर ठिमी ,भक्तपुरमा यही २०८० मङ्सिर २८ गते शुक्रबारका दिन अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरियो। कक्षा ४ देखि ७ सम्मकाे जुनियर ग्रुप र कक्षा ८, ९, १० काे सिनियर ग्रुप गरी दुईवटा समूहमा विभाजन गरी आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले आफूभित्रका क्षमता र प्रतिभालाई प्रदर्शन गरेका थिए। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको सभापतित्व तथा विद्यालयका प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिको विशेष अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम विद्यालयको ECA बिभागकाे संयोजनमा आयोजना गरिएको थियो ।हरेक समूहका लागि ७ देखि १० राउन्डमा प्रश्न साेधिएकाे सो कार्यक्रममा जुनियरतर्फ कन्चनजंगा सदन र सिनियरतर्फ माउन्ट फिस्टेल सदन उत्कृष्ट रहन सफल भएका थिए। कार्यक्रम पश्चात विजेताहरूलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले प्रतिभा सबैसँग हुन्छ तसर्थ प्रतिभावान व्यक्तिले आफ्नो क्षमता बाहिर ल्याउन प्रयत्न गर्नुपर्छ र मेहनती र परिश्रमी व्यक्ति मात्र सफल रहन सक्छ भन्ने कुरा बताउँदै सबैलाई बधाई ज्ञापन गर्नुभयो।साे कार्यक्रम विद्यालय संयाेजक शैलेन्द्र भट्टराई तथा शिक्षिका लक्ष्मी केशरी प्रजापतिले सञ्चालन गर्नुभएको थियो भने व्यवस्थापन र संयोजन इसीए संयोजक शिवहरी प्रजापतिले गर्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...