१ करोड ६० लाख लगानीमा सूर्यविनायक पाण्डुबजार हाइटमा वि किड्स स्कुल संचालन
मंसिर २९, २०८०, शुक्रबार | विहान ०९:०२ बजे | 55
फराकिलो क्षेत्रफल तथा शान्त वातावरण, बालमैत्री भौतिक संरचना, सहरबाट नजिकै । यही नै मुख्य विशेषताहरु हुन् भक्तपुरको सूर्यविनायक पाण्डुबजार हाइटमा रहेको वि किड्स स्कुलको । सूर्यविनायक पाण्डुबजार चोकबाट झण्डै तीन चार सय मिटरमै यो स्कुल रहेको छ ।
यो विद्यालय विगत २० वर्ष देखि शिक्षा क्षेत्र तथा शिक्षण संस्थाहरूको व्यवस्थापन र छुट्टै मन्टेश्वरी विद्यालयको ५ वर्ष भन्दा बढि संचालनको अनुभव प्राप्त युवाहरूको सक्रियतामा करिब ५ रोपनी क्षेत्रफलमा रू १ करोड ६० लाख भन्दा बेसी लगानीमा संचालनमा आएको हो ।
विद्यालय स्थापनाको मुख्य विशेषता तथा उद्देश्य ३ वटा रहेका छन । पहिलो, खुल्ला क्षेत्र सहितको बालमैत्री भौतिक/शैक्षिक संरचनाहरू, दोस्रो, फ्रेन्चाइजको नाममा विदेशीने पैसालाई निरुत्साहित गरी नेपाल सरकारले नै स्वीकृत गरिएको (ECD) पाठ्यक्रमलाईनै समय सुहाउदो प्रचिलित विभिन्न पठनपाठन विधिहरू (विदेशी तथा स्वदेशी)को समायोजन गरी विकास गरिएको शैक्षिक क्रियाकलापहरू वाट बालबालिकाहरुको संर्वाङ्गिक विकासमा ध्यान दिने र तेस्रोमा, खुल्ला वातावरण, पर्याप्त भौतिक/शैक्षिक सेवा सुविधा तथा आवश्यक तालिम प्राप्त नभएका शिक्षकशिक्षिकाहरु राखी नामै मात्रको मन्टेश्वरी संचालन भन्दा एउटा विद्यायमा हुनुपर्ने सम्पूर्ण सेवा सुविधा (भौतिक/शैक्षिक) को व्यवस्था गरी अभिभावकज्यूहरुको चाहाना तथा रूची अनुसारको बालवालिकाहरूको शिक्षण शिकाईलाई अगाडी वढाउदै वास्तविक मन्टेश्वरी/पूर्व प्राथमिक विद्यालयको पूर्ण आभास हुने गरी सस्तो र सुलभ शिक्षा प्रदान गर्नु रहेको छ ।
स्कुलकी प्रिन्पिसल मञ्जु दुवाल स्कूलको मुख्य उद्देश्य भनेको शिक्षासँगसँगै बालबालिकाहरुको ५ वटा पक्षको विकास रहेको बताउँछिन् । शारिरीक, मानसिक, रचनात्मक, सामाजिक तथा भावनात्मक र नैतिक विकासलाई पनिसँगै लैजाने आफूहरुको उद्देश्य रहेको प्रिन्सिपल दुवाल बताउँछिन् । ‘त्यसका लागि हामीले एक्स्पोलर, लर्न, ग्रोको अवधारणा अनुसार शिक्षकदेखि लिएर विद्यालयको भौतिक वातावरणका साथै कक्षा कोठासम्म वच्चाहरूलाई सुहाउदों बनाएका छौं, उनले भनिन् । त्यसैगरी प्लेस्टेशन लगायत विभिन्न खेलकुदका सामाग्रीहरूको पर्याप्त व्यवस्था, मन्टेश्वरी सिकाईका सामानहरू, फिल्ड भिजिट, विभिन्न सास्कृतिक तथा शैक्षिक कार्यक्रमहरू, विभिन्न खेलकुद, योगा, संगीत तथा डान्सका छुटै कक्षा र नियमित जस्तो बच्चाहरुको हेल्थ चेकअप रहेको उनी जानकारी दिन्छिन् । साथै बच्चाहरुको लागि डाईटिशियनद्वारा सिफारिस शुद्ध तथा पौस्टिक खाना/खाजा दिनको ३ पटक खुवाउने गरी व्यवस्था मिलाएको छौं, उनले भनिन् ।
प्री–स्कूल/मन्टेश्वरीले बच्चाको पठनपाठनको विकास कसरी गर्छ भन्ने बुझेर आफना नानीहरुलाई भर्ना गराउनुपर्ने प्रिन्पिसल बताउँछिन् । अभिभावकहरुले आफूसँग हुर्किदै गरेको आफ्नो बच्चालाई स्कूलमा पठाउँदा मात्रै भर्ना गर्दाखेरिकोबारेमा नसोचेर पछि मेरो बच्चा यो स्कूलबाट युकेजीसम्म पढ्दा अथवा लाइफ लङ एजुकेशन पाउने सन्दर्भमा यो स्कूलले मेरो बच्चालाई कस्तो शिक्षा प्रदान गर्छ त ? भन्ने कुरा अभिभावकको पहिलो प्राथमिकताको कुरा हुनुपर्ने उहाँको भनाई रहेको छ ।
सामान्यतया सुरुमा विद्यालयमा भर्ना गर्दाखेरि प्रायः अभिभावकहरूले मुख्यतया ३ वटा पक्षलाई ध्यानमा राखेर भर्ना गराउने गरेको पाइन्छ । पहिलो मेरो बच्चालाई नरुवाई दिएको होस् । दोश्रो स्वस्थ तथा पौष्टिक खाना खुवाई दिओस् र तेश्रो घाउ, चोटपटक नलाग्ने किसिमको वातावरण होस् । साथै अभिभावकले कहाँ कस्तो वातावरण (भौतिक/व्यवहारीक) छ भन्ने कुरा पनि हेनुपर्ने बताउँछिन् । यसको साथमा सस्तो र सुलभ शिक्षा होस् भन्ने अभिभावक चाहन्छन् ।
पैसाको कुरा नगरी अभिभावकको तीन वटा सोचाइलाई ध्यानमा राख्ने हो भने अवश्य पनि सुरुमा राम्रोसँग खानाखुवाइ दिओस् । चोटपटक नलागोस् र राम्रो वातावरण होस् भन्ने सोचले आएता पनि भर्ना पूर्व यो प्री–स्कूलले मेरो बच्चालाई जीवनभरिको शिक्षा कसरी दिन्छ अथवा मेरो बच्चाको कसरी पठनपाठनको विकास गरिदिन्छ भन्ने कुरा अभिभावकले जान्न एकदमै जरुरी रहेको आफ्ने अनुभव बताउँछिन् ।
प्री–स्कूलले बच्चाको संर्वाङ्गिक विकासमा भूमिका खेल्छ । संस्थापकदेखि टिचर, केयर टेकरहरु सबै जना अनुभवी हुनुपर्छ यसकारण । म्यानेजमेन्ट, अभिभावकसँगको डिल अनि सम्बन्ध राम्रो हुन्छ भने त्यो स्कूलेले मात्रै केटाकेटीलाई अहिलेको शिक्षाको माग अनुसारको काम गर्न सक्छन् । होइन भने लगानी गर्दै खोल्दै अथवा ट्रेनिङ प्राप्त टिचर राख्यो तर उनीहरुको कन्सेप्ट अनुसारको काम गर्न नदिने संस्थापकहरु पनि रहेका हुन्छन् । त्यस्तो अवस्थामा स्कूलले, टिचरले गर्नुपर्ने काम शतप्रतिशत गर्न नसकिने र त्यस्तो स्कूलहरु जुन नाममात्रको मन्टेश्वरी/प्री–स्कूलहरूवाट अभिभावकहरु एकदमै सतर्क हुनुपर्ने उनी सुझाउँछिन् । नत्र भने अभिभावकज्यूहरूको लागानी खेर जाने सम्भावन प्रवल हुन्छ, उहाँको भनाई छ। तसर्थ अभिभावकहरुले सवै पक्षको अध्ययन गरेर मात्र विद्यालयमा वच्चालाई भर्ना गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...