नेशनल प्याव्सन भक्तपुरमा बस चालकलाई अभिमुखीकरण


मंसिर २६, २०८०, मङ्गलबार | दिउँसो ०२:१२ बजे | 75


नेशनल प्याव्सन भक्तपुरमा बस चालकलाई अभिमुखीकरण

भक्तपुर; नेशनल प्याव्सन भक्तपुरले सदस्य विद्यालयका स्कुल बस चालक र सहचालकहरुलाई सडक सुरक्षा र ट्राफिक मार्गनिर्देशन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा प्रदान गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरमा आबद्ध भएका विद्यालयमा स्कुल बस र भ्यान चलाउने चालक र सहचालकलाई सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धि प्रशिक्षण गरिएको थियो । बालबालिकाहरु बोकेको सवारी साधन चलाउँदा अझ विशेष सतर्कता अपनाउनु पर्ने कुरामा जोड दिदै जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरिक्षक सन्तोष न्यौपानेले भन्नु भयो, “ हामी चालकहरु विरालोले बाटो काट्यो भनेर चाँहि रोकिन्छौ तर रातो बत्तीमा हतार गर्छौं, रोकिन चाहदैनौं ।” तसर्थ सबै चालकहरुले ध्यान दिएर सवारी चलाउनु पर्दछ । जगाति प्रहरी वृत्तको समन्वयमा संचालन भएको उक्त प्रशिक्षणमा प्रहरी निरिक्षक रमेश थापाले यसरी गरिएको प्रशिक्षणले सडक दुर्घटनालाई न्यूनिकरण गरिन सहयोग पुग्ने भन्दै, ट्राफिक सतर्कता अपनाई सबैले सडक अनुशासनमा रहनु पर्ने कुरा बताउनु भयो । सो कार्यक्रमका सभाध्यक्ष तथा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्कालो विद्यालय बस तथा भ्यानमा साना बालबालिकाहरु हुने भएकाले न्यून गतिमा सवारी चलाउनु पर्ने भन्दै अभिभावकहरुले पनि स्कुल बस तथा भ्यान लिन र पुराउन चाँडो आउनु पर्ने भन्दै हतार नगर्न बरु बस तथा भ्यान सम्म बालबालिकालाई समयमा नै पुग्न सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

नेशनल प्याव्सन भक्तपुरमा बस चालकलाई अभिमुखीकरण
नेशनल प्याव्सन भक्तपुरमा बस चालकलाई अभिमुखीकरण
नेशनल प्याव्सन भक्तपुरमा बस चालकलाई अभिमुखीकरण

Comments