विनायक शिक्षा निकेतनकाे प्रि स्कुलमा शैक्षिक प्रदर्शनी


मंसिर २६, २०८०, मङ्गलबार | विहान ११:१० बजे | 25


विनायक शिक्षा निकेतनकाे प्रि स्कुलमा शैक्षिक प्रदर्शनी

मध्यपुर ठिमी भक्तपुर शिक्षा प्रयोगात्मक हुनुपर्छ ,सीपमूलक हुनुपर्छ ,युग सुहाउँदो वैज्ञानिक र जीवन उपयोगी हुनुपर्छ अनि मात्र शिक्षाले सार्थकता प्राप्त गर्दछ भन्ने कुरालाई आत्मसात गर्दै एक विद्यार्थी एक सिपको अवधारणामा सञ्चालित विनायक शिक्षा निकेतन इ. स्कुल ,मध्यपुर ठिमीले यही मंसिर २६ गते क्रियाकलापमा आधारित शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजना गर्याे । विद्यार्थीहरूलाई प्रयोगात्मक तथा खेलविधिका माध्यमबाट शिक्षा प्रदान गर्न सके भविष्यमा सबल र सफल व्यक्ति बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापति रहनु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक गणेशराम लाछी प्रजापति तथा प्रदर्शनीका प्रशिक्षकको रुपमा ढुण्डीराज गिरी रहनुभएको विद्यालयका सहायक प्रिन्सिपल प्रेम प्रसाद निरौलाले जानकारी गराउनु भयो । विद्यालयको पूर्व प्राथमिक तहमा अध्यापनरत शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा बोल्दै विनायकका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले अबका विद्यार्थी विश्व नागरिक बन्ने भएकाले उनीहरुलाई सिपमूलक, व्यावहारिक एवं प्रयोगात्मक शिक्षा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको कुरा बताउनु भयो। त्यस्तै प्रमुख अतिथि वडाध्यक्ष ज्ञानदास प्रजापतिले शिक्षा खेलकुद तथा अतिरिक्त क्रियाकलापका क्षेत्रमा अग्रणी विद्यालय बन्न सकेकोमा विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीद्वारा धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्न गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरुले हालसम्म सिकेका कुराहरु प्रदर्शन गरिएको थियो भने अभिभावकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नो शैक्षिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै कृतज्ञता समेत जाहेर गरेका थिए।

फाेटाेमा हेर्नुहाेस्...

विनायक शिक्षा निकेतनकाे प्रि स्कुलमा शैक्षिक प्रदर्शनी
विनायक शिक्षा निकेतनकाे प्रि स्कुलमा शैक्षिक प्रदर्शनी
विनायक शिक्षा निकेतनकाे प्रि स्कुलमा शैक्षिक प्रदर्शनी

Comments