बाबुराम भट्टराई १४औं स्मृति दिवस तथा स्मृति पुरस्कार वितरण


मंसिर २५, २०८०, सोमबार | विहान ०४:३३ बजे | 40


बाबुराम भट्टराई १४औं स्मृति दिवस तथा स्मृति पुरस्कार वितरण

जयराम बिडारी 

 इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा लामो समय प्राध्यापन गरी प्राविधिक शिक्षाका अभियन्ताका रुपमा परिचय स्थापित गराउन सफलता प्राप्त गर्दै सोही क्यामपसमा डीन जस्तो महत्वपूर्ण पदमा रहि सेवा प्रदान गर्ने क्रममा यसको स्वायत्तता स्थापित गर्न सफल स्वर्गीय इन्जीनियर बाबुराम भट्टराईको १४औं स्मृति दिवस तथा स्मृति पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो । आफ्नो कार्यकालमा इन्जिनियरिङ्ग अध्ययन संस्थानलाई उल्लेखनीय योगदान दिएको कदर स्वरुप इन्जीनियरिङ अध्ययन संस्थान पुल्चोकले एक सभाकक्षको नाम नै बाबुराम भट्टराई सभाकक्ष नामाकरण गरिदिएको सभाहलमा आयोजना गरिएको स्मृति दिवस तथा स्मृति पुरस्कार समारोहमा पोखरा विश्व विद्यालयका पूर्व उपकूलपति प्रा. डा. चिरञ्जिवी शर्माको प्रमुख आतिथ्यता एवं प्रतिष्ठानकी अध्यक्ष श्रीमती मथुरा भट्टराईको सभापतित्व तथा प्रा. डा. हिराबहादुर महर्जन प्रा.डा.जीवराज पोखरेल, प्रा.चैतन्यप्रसाद शर्मा,डा. बिष्णुहरि नेपाल. प्रा. खगेन्द्रप्रसाद भट्टराई, प्रा.कमलकृष्ण जोशी, प्रा. रामचन्द्र सापकोटा, पुल्चोक क्याम्पसका पूर्व प्रमुख तथा नेशनल कलेज अफ इन्जीनियरिङका क्याम्पस प्रमुख पुरुषोत्तम श्रेष्ठ लगायतको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा पुरुषोत्तम श्रेष्ठद्वारा कार्यपत्र प्रस्तुत गर्दै प्राविधिक शिक्षाको उन्नयनका नाममा सम्बन्धन प्राप्त गरि च्याउ सरी उम्रिएका इन्जीनियरिङ कलेजहरुले गुणस्तरीय शैक्षिकस्तर कायम गर्न सकेका छन् कि छैनन् त्यो बिचर्णीय रहेको औंल्याउदै विश्वविद्यालयमा देखिएको राजनैतिक हस्तक्षेपले शैक्षिक गतिविधिमा गलत प्रभाव पारेको स्पष्ट देखिएकोले सो को अन्त्य हुनुपर्ने बताउंदै शैक्षिक क्यालेण्डर अनिवार्य रुपमा लागू गर्नुपर्नेमा जोड दिएका छन् । उक्त कार्यक्रममा २०७९को सिभिल इन्जीनियरिङ्ग तर्फको प्रवेश परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा मनिषा सुबेदी तथा २०८०को कम्प्युटर इन्जीनियरिङ्ग तर्फको प्रवेश परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा निशा लिगललाई नगद राशी सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा सम्मानित छात्रा मनिषा सुवेदीले प्रतिष्ठान परिवारको प्रशंसा तथा आभार व्यक्त गर्दै यस्तो प्रेरणात्मक पुरस्कारको इज्जत जोगाउन अभिप्रेरित भई रहनका लागि अध्ययनमा ईमान्दार प्रयास गरिरहने बताएकी छन् । यसैक्रममा अर्का पुरस्कृत छात्रा निशा लिगलका पिता कृष्णप्रसाद लिगलले आफ्ना छोरा छोरीको प्रगतिमा खुशी नहुने अविभाावक को होला ? भन्दै २०७२ सालको भुकम्पमा पुरिएकी तथा २०७९मा भक्तपुर सल्लाघारीमा रुख ढलेर घाइते भई जीवित उद्धार गरिएकी आफ्नि छोरीले यसरी सर्वोत्कृष्ट नतिजा ल्याई पुरस्कृत भएकीमा आफू खुशीले पुलकित भएको बताउँदै उनको उज्वल भविष्यको कामना गरेका छन् । यसैगरि उक्त कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रका लागि पुरुषोत्तम श्रेष्ठ लगायत विभिन्न समयमा कार्यपत्र प्रस्तुत गरिसकेका प्रस्तोताहरु क्रमशः प्रा. डा. रविन्द्रनाथ श्रेष्ठ , प्रा. डा. राजेन्द्र प्रसाद अधिकारी तथा प्रा.रामचन्द्र सापकोटालाई प्रमुख अतिथिद्वारा मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो । प्रतिष्ठानका सदस्य हरिराम चौधरी द्वारा प्रतिष्ठानका गतिविधी लगायतका विषयमा प्रकाश पार्दै उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य ब्यक्त गरिएको थियो । यसैक्रममा पुल्चोक इन्जिनियरिङ कलेजका क्याम्पस प्रमुख प्रा.डा. ईन्द्रप्रसाद आचार्यद्वारा शिक्षासेवी समाजसेवी सुयोग्य प्राध्यापक तथा बिकाश निर्माणका योजनाद्रष्टा ( सर्भेयर ) बाबुराम भट्टराईको योगदानको चर्चा गर्दै पुल्चोक इन्जीनियरिंग क्याम्पसको अस्तित्व जोगाउनमा तत्कालीन डीनका रुपमा रहेका बाबुराम भट्टराईको योगदानको चर्चा गर्दै सदैव स्मरणीय रहने विचार व्यक्त गरेका छन् । यसैक्रममा प्रा.डा.शशीधरराम जोशीद्वारा सुयोग्य प्राविधिक जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान दिन सफल यस क्याम्पसमा अध्ययन गरेका धेरै जनशक्तिहरु विश्वको बिकशित तथा शक्तिशाली राष्ट्रमाा प्राध्यापनरत रहेकाले जनशक्ति पलायनलाई अवसर र अभिशाप दुवैको रुपमा बुझ्नुपर्ने बताएका छन् । अन्त्यमा बाबुराम भट्टराई स्मृति प्रतिष्ठानकी अध्यक्ष मथुरादेवी भट्टराई द्वारा स्वर्गीय बाबुराम भट्टराईको स्मृति दिवसले खुशी र पीडा दुवैको सम्झना गराउने कुरा उल्लेख गर्दै इन्जिनियरिङ्ग विषय अध्ययन तथा क्षमता प्रस्तुत गरेका र बिशिष्टता हासिल गरेका विद्यार्थीहरुलाई सम्मानित गर्न पाउँदा अपार खुशी लागेको बताउँदै उपस्थित सम्पूर्ण महानुभाव प्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो । संगीता पंगेनीद्वारा कुशलतापूर्वक सहजकर्ताको भूमिका निभाइएको उक्त कार्यक्रममा समाजका लव्धप्रतिष्ठीत ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो

फाेटाेमा हेर्नुहाेस्...

बाबुराम भट्टराई १४औं स्मृति दिवस तथा स्मृति पुरस्कार वितरण

Comments