एसएस कलेजको १७ औं वार्षिकोत्सव सम्पन्न


मंसिर २४, २०८०, आइतबार | विहान ०४:२५ बजे | 25


एसएस कलेजको १७ औं वार्षिकोत्सव सम्पन्न

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ एसएस चोकस्थित एसएस कलेजको १७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न भयो । एसएस कलेज व्यवस्थापन समितिका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले न्युनशुल्कमा गुणस्तरीय एवं प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको एसएस (सनसाईन) कलेजले शिक्षाको गुणात्मक विकास र विस्तारमा पु¥याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथि मन्त्री श्रेष्ठले कृषि र पशुपंक्षीको क्षेत्रमा बागमती प्रदेशमा भइरहेका कार्यबारे जानकारी दिदैं शिक्षाबाटै विकास र समृद्धि सम्भव हुने तर्क गर्नुभयो । कलेजका प्रिन्सिपल राजन काफ्लेले एसएस कलेजको शैक्षिक गतिविधिबारे संक्षिप्त जानकारी दिदैं मध्यपुर थिमि र भक्तपुरको गुणात्मक, व्यावहारिक एवं प्रयोगात्मक शिक्षाको विकास र विस्तारमा कलेजले पु¥याइरहेको योगदानको चर्चा गर्नुभयो । प्रिन्सिपल काफ्लेले किताबी ज्ञानका साथै अतिरीक्त कृयाकलाप अन्तर्गत गीत, नृत्य बाद्यवादन, खेलकुद मार्फत व्यक्तित्व र नेतृत्व विकासमा प्राथमिकता दिएको भन्दै समयसापेक्ष प्रतिस्पर्धी एवं अनुशासित विद्यार्थी उत्पादनमा एसएस परिवार निरन्तर प्रयासरत रहेको जानकारी दिनुभयो । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष केदार खड्का, विद्यार्थीहरु आस्था बुर्लाकोटी, राधिका कार्की, निहारिका कार्की, देव न्यौपाने, जेनिका राई लगायतले एसएस कलेजले स्मार्ट स्टुडेण्ट बन्ने वातावरण सदैव प्रदान गरिरहेको दावि गर्नुभयो । 
कार्यक्रममा मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रामा दोस्रो पटक जिब्रो छेडाएर रातको समयमा पशुपतिनाथ मन्दिर गुह्येश्वरी लगायतका शक्तिपीठहरुको महाद्धिप बोकेर खाली खु¤ा यात्रा गर्नुभएका साहसिक व्यक्ति बालकराम नानी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न भेषभूषामा सजिएर आकर्षक नृत्यहरु प्रस्तुत गरिएको उक्त कार्यक्रममा सन्देशमूलक नाटक पनि प्रस्तुत गरिएको थियो । वार्षिक क्रियाकलाप अन्तर्गत विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका जेहेन्दार विद्यार्थीहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको उक्त कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष केदार खड्का, उपाध्यक्ष जीवन श्रेष्ठ, सचिव आशाहरि प्रजापति, अच्युत प्रजापति, श्रीकृष्ण के.सी., डा.नविन कार्की, विनोद कुमार कोइराला, डिल्लीराम ढकाल, दिपिका थापा लगायतले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा लामो समयसम्म कलेजमा निरन्तर सेवारत कर्मचारीद्धय मानबहादुर भ¤ र विपना भ¤लाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा एकदशक भन्दा बढि समयसम्म निरन्तर कलेजमा अध्यापनरत शिक्षकहरु श्रीकृष्ण के.सी., पुरुषोत्तम ग्वाछा, डा.नविन कार्की, दुर्गाप्रसाद भ¤राई, डिल्लीराम ढकाल, एभ्रिका सिन्तकला, निरु ढकाल, रमा कार्की, रमेश खनाल लगायतका १९ जनालई पनि सम्मान गरिएको उक्त कार्यक्रम यचु पार्टी भेन्यु ठिमीमा भएको थियो । वार्षिक शैक्षिक क्रियाकलप अन्तर्गत हाजिरीजवाफ, निबन्ध, वक्तृत्वकला, कविता, चित्रकला तीज नृत्य लगायतका प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पनि पुरस्कार सहित सम्मान गरिएको थियो । विभिन्न भाषाका गीतहरुमा उत्कृष्ट नृत्य प्रदर्शन गरेर कलेजका विद्यार्थीहरुले अतिथिहरु एवं उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

एसएस कलेजको १७ औं वार्षिकोत्सव सम्पन्न

Comments