वागीश्वरी मा.वि÷कलेज सञ्चिति कोषको सातौं साधारण सभा सम्पन्न


मंसिर २३, २०८०, शनिबार | विहान ०७:५८ बजे | 35


वागीश्वरी मा.वि÷कलेज सञ्चिति कोषको सातौं साधारण सभा सम्पन्न

भक्तपुर । वागीश्वरी मा.वि÷कलेज सञ्चिति कोषको सातौं साधारण सभा २०८० कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख सुनिल प्रजापतिको आतिथ्यमा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि प्रजापतिले अरू कसैको सहयोगमा भन्दा पनि आफ्नै मिहिनेत परिश्रमबाट संस्थालाई नमुना बनाउने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । 
दक्षिण कोरियाले विदेश जाने नीति रोकेर त्यसको रकम उद्योगमा लगानी गरेर आज देश औद्योगिक मुलुक बनाएको उदाहरण दि“दै उहा“ले २०७२ साल भूकम्पको बेलामा सकेसम्म आफ्नै पौरखले काम गर्दाको परिणाम अहिले अरूको लागि नमुनाको रूपमा देखिएको दृष्टान्त दिनुभयो । हाम्रो देश बनाउने दायित्व हाम्रै हो भन्ने भावना हामीमा हुनुपर्ने भन्दै उहा“ले हामी नियमानुसार काम गर्छौं, जनतामा आधारित विकासलाई जोड दिन्छौं भन्नुभयो ।
सामुदायिक संस्था बिगारेर निजी संस्था पोस्ने विचार घातक रहेको चर्चा गर्दै उहा“ले आर्थिक अनुशासन कडाइका साथ पालना गर्दै पारदर्शिता अ“गालेर जनताको विश्वास जितेर अघि बढ्नुपर्ने बताउनुभयो । 
शिक्षक कर्मचारी मिहिनेती, परिश्रमी, अनुशासित भए मात्रै वागीश्वरी शैक्षिक संस्था राम्रो हुने चर्चा गर्दै उहा“ले शिक्षक कर्मचारीहरू देशको आवश्यकताअनुसार भोलि राजनीतिमा आएर पनि देश र जनताको सेवा गर्नुपर्ने हुन सक्छ भन्नुभयो । 
नेपाली युवा जनशक्ति कुनै वस्तुतुल्य विदेश निर्यात गर्ने सरकारी नीतिको आलोचना गर्दै उहा“ले अबको २० वर्षपछि यसको नकारात्मक नतिजा देशले भोग्नुपर्ने र त्यसबेला पछुताएर केही नहुने हु“दा आजै सचेत हुनुपर्ने बताउनुभयो । 
सरकारको गलत नीतिका कारण नेपाली काउली सस्तो हु“दा सडकमा फाल्नुपर्ने र भारतीय आयातित प्याज बजारमा मह“गो भएको उल्लेख गर्दै आत्मनिर्भरतामा जोड दिन सुझाव दिनुभयो । 
अन्यत्र विद्यार्थीको अभावमा कलेज बन्दको स्थिति आएको उदाहरण दि“दै उहा“ले विद्यार्थी नभए कर्मचारी शिक्षक पनि नचाहिने अवस्था आउन सक्छ यसतर्फ सबैको ध्यान जानुपर्छ भन्नुभयो । 
वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले आजको वागीश्वरी आजका शिक्षक कर्मचारीको मिहिनेतले मात्र बनेको नभई पूर्वजको योगदानलाई नबिर्सन आग्रह गर्नुभयो । सामुदायिक भावना, देशभक्त नागरिक उत्पादनको जिम्मेवारीबोध आजको आवश्यकता रहेको चर्चा गर्दै उहा“ले शैक्षिक गुणस्तरमा विशेष जोड दिनुभयो । उहा“ले भन्नुभयो– “शैक्षिक गुणस्तर नै जनताको विश्वास जित्ने हाम्रो बलियो आधार हो ।”
सभामा +२ संयोजक ज्ञानसागर प्रजापतिले अनावश्यक खर्च जोगाउनु पनि आम्दानी भएकाले मितव्ययितामा ध्यान दिन सुझाव दिनुभयो । 
कोषका अध्यक्ष धनकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त सभामा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । 
शिक्षक विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको सभामा उपस्थित रमेश गोसाई, दिनेश प्रधान, सविन्द्र प्रजापतिलगायतले कोषको लागि विभिन्न सुझावहरू दिनुभएको थियो भने सभाध्यक्ष प्र.अ. कृष्णप्रसाद धन्छाले प्राप्त सुभावहरूमाथि कोष सञ्चालक समितिमा छलफल गर्ने र त्यसलाई विद्यालय व्यवस्थापन समितिले आफ्नो क्षमताअनुसार काम गर्ने विश्वास दिलाउनुभयो । 
सभाले रु. १ करोड १६ लाख १० हजार ५२८ रूपैयाको वित्तीय अवस्था रहेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो भने आगामी ३ वर्षको लागि धनकुमार श्रेष्ठको अध्यक्षतामा पा“च सदस्यीय कोष सञ्चालक समिति पनि चयन ग¥यो । 

फाेटाेमा हेर्नुहाेस्...

वागीश्वरी मा.वि÷कलेज सञ्चिति कोषको सातौं साधारण सभा सम्पन्न
वागीश्वरी मा.वि÷कलेज सञ्चिति कोषको सातौं साधारण सभा सम्पन्न

Comments