मध्यपुर थिमिमा स्काउट भेला सम्पन्न
मंसिर २३, २०८०, शनिबार | विहान ०७:३० बजे | 60
नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे अायाेजनामा स्काउट भेला सम्पन्न भएकाे छ । स्थानीय संयाेजक श्री तुल्सीहरि प्रजापतिकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिकाे मन्तव्य राख्नुहुँदै मध्यपुर थिमिका नगरप्रमुख श्री सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिकाे सामाजिक तथा पर्यावरणीय क्षेत्र बिकासमा मध्यपुर स्काउटले खेलेकाे उत्कृष्ट भूमिकाकाे उच्च मूल्यांकन गरी नगरपालिकाले स्काउटसँग निरन्तर सहकार्य गर्न चाहेकाे बताउनुभयाे । त्यसैगरी, स्काउटिङ्ग गतिविधिहरू सञ्चालन गर्ने कुरामा मध्यपुर स्काउट, भक्तपुर जिल्लाकै अग्रणी भएकाे बताउनु हुँदै विशिष्ट अतिथि नेपाल स्काउट, बाग्मती प्रदेश कार्यालयका सल्लाहकार श्री रामगाेपाल कर्माचार्यले स्काउटिङ्ग अभियानलाई ब्यवस्थित एवम् मर्यादित बनाउन अावश्यक सरल तर अति महत्वपूर्ण कुराहरूकाे सुन्दर प्रस्तुति गर्नुभयो । अर्का अतिथि नेपाल स्काउट, बाग्मती प्रदेश कार्यालय सदस्य एवम् भक्तपुर जिल्ला समन्वयकर्ता श्री अच्युत प्रजापतिले स्काउट निर्वाचनको अाधारभूत सुचनाका साथै उपस्थित स्काउटरहरूकाे मनाेबल उच्च राख्न हाैसला प्रदान गर्नुभयो । नेपाल सरकार, चिकित्सा सेवा अायाेगद्वारा लिईएकाे संयुक्त चिकित्सा प्रवेश परीक्षा (MBBS)मा ४०अाैँ स्थानमा नाम निकाल्न सफल स्काउटर श्री जलज प्रजापतिलाई सम्मान गरिएकाे उक्त समाराेहमा वरिष्ठ स्काउटर तथा सहायक राष्ट्रिय प्रशिक्षक श्री दिलकृष्ण प्रजापतिले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने कार्यालयका सदस्यता बृध्दि संयाेजक तथा राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठले धन्यवादज्ञापन गर्नुभएकाे थियाे । कुल ३८ जना स्काउटरहरू भेला भएकाे साे कार्यक्रम माउन्ट सिनाई ई. बाेर्डिङ्ग स्कुलकाे सहकार्यमा भएकाे थियाे भने कार्यक्रम सञ्चालन साेही स्कुलका मेधावी छात्रा जिनिशा गाेर्खालीले गर्नुभएकाे थियाे । दुई चरणमा सम्पन्न स्काउटर भेलाकाे पहिलाे चरण उद्घाटन सत्र भएकाे थियाे र दाेस्राे चरण छ अाेटा संयुक्त निर्णयहरूसहित बन्द सत्र भएकाे थियाे ।
फाेटाेमा हेर्नुहाेस्...