इन्जिनियरिङ शिक्षा नेकमै अव्वल


मंसिर २२, २०८०, शुक्रबार | दिउँसो ०२:४२ बजे | 45


इन्जिनियरिङ शिक्षा नेकमै अव्वल

चाँंगुनारायण । इन्जिनियरिङका प्राध्यापकहरुले नेपालकै कलेजहरुमा पढाइने इन्जिनियरिङ शिक्षा अव्वल रहेको अनुभब साटेका छन् । इन्जिनियरिङ स्वदेशमै अन्तराष्टियस्तरको पढाई हुने उनीहरुको अनुभब रहेको छ । 
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले नवआगन्तुक विद्यार्थीको स्वागतमा शुक्रबार गरेको कार्यक्रममा प्राध्यापकहरुले नेपालमै अन्तर्राष्टियरको पढाई हुने भएकोले इन्जिनियरिङ पढन विदने जान आवश्यक नभएको दावी गरे । नेपालको इन्जिनियरिङको पढाई विदेशमा भन्दा कुनै हिसावले कम छैन, उनीहरुको एउटै भनाई थियो, नेपालकै इन्जिनियरिङ कलेजहरुले त्यही अनुसारको गुणस्तरीय पढाई गराउँंछन् । 
कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले नेकले पनि त्यही गुणस्तरको पढाई गराउँदै आएको चर्चा गरे । २२ वर्षदेखि आफूले पनि इन्जिनियरिङ पढाउँंदै आएको भन्दै नेपालको इन्जिनियरिङको पढाई गुणस्तरीय भएको बताए । देशविदेशका विभिन्न इन्जिनियरिङका कलेजहरुसँंग आफू प्रत्यक्ष अप्रत्यक्ष आफू जोडिएको भन्दै उनले नेपालको इन्जिनियरिङको पढाई बरु विदेशका विश्वविद्यालय भन्दा गुणस्तरीय पाइएको सुनाए । 
कार्यक्रमका कलेजका एसिष्टेन्ट प्रोफेसरहरु सचिन श्रेष्ठ, यनम ढकाल, युवराज गिरीलगायतले झण्डै शतप्रतिशत प्राध्यापकहरु पूर्णकालिन रहेकोले झण्डै तीन दशकदेखि नेकले इन्जिनियरिङमा अव्वल नतिजा निकाल्न सफल भइरहेको चर्चा गरे ।     
नेकमा स्नातक तहमा इन्जिनियरिङका विभिन्न विधाहरुमा पढाई हुँंदै आएको छ । साथै माष्टर्स तहमा पनि यहाँ पढाई हुन्छ ।  

फाेटाेमा हेर्नुहाेस्...

इन्जिनियरिङ शिक्षा नेकमै अव्वल

Comments