एभरेस्टका छात्राहरुलाई दिइयो आत्मरक्षा तालिम
मंसिर २२, २०८०, शुक्रबार | दिउँसो १२:५४ बजे | 45
भक्तपुर । नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय उपाध्यक्ष शान्ति पाख्रिन लामाले सेल्फ डिफेन्स (आत्मरक्षा)को विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न आग्रह गरेकी छिन् । भक्तपुरको एभरेस्ट स्कुल मिवाछें व्यासीमा शुक्रबार छात्राहरुलाई दिइएको आत्मरक्षा तालिममा उनले यसले मात्रै नेपालकी चेलीहरु सुरक्षित रहनसक्ने बताइन । एकछिन तालिम दिएर किशोरीहरु सक्षम नहुने उनको भनाई थियो । एकछिनको वा एकदुई दिनको तालिमले देशभरका किशोरीहरुसमक्ष नपुग्ने भएकाले स्थानीय पाठ्यक्रममा राखेर पढाई हुनुपर्ने खाँंचो उनले औंल्याइन् । त्यसकारण आत्मरक्षा तालिम केही दिन नभई वर्षैभरि हुनुपर्ने खाँंचो उनले औंल्याइन् ।
स्कुलको आयोजनामा कक्षाका किशोरी छात्राहरुलाई त्यहा आत्मरक्षा तालिम दिइएको थियो । तालिम दुई सेसनमा भएको थियो । पहिलो समूहमा उनीहरुलाई किशोरी वा महिलामाथि हुने यौन हिंसाकोबारेमा जानकारी गराइएको थियो । छात्राहरुलाई गुड टच, ब्याड टचलगायका विषयमा जानकारी दिएएको थियो ।
सैद्धान्तिक कक्षापछि उनीहरुलाई अभ्यास गराइएको थियो । किशोरी छात्राहरुलाई खुल्ला ठाउँंमा लगेर जोडीजोडी बनाई सेल्फ डिफेन्स गराउने अभ्यास सिकाइएको थियो ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सम्भावित दुर्घटनाबाट जोगाउन सहयोग गर्ने उद्देश्यका स्कलका छात्राहरुलाई आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम दिएका बताए । कार्यक्रममा नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय अध्यक्ष डिवी रनपालले संघले देशका विभिन्न ठाउँंका स्कुलहरुका छात्राहरु तथा पालिकाका कर्मचारीहरुलाई यसबारे तालिम दिंदै आएको जानकारी गराए ।
फाेटाेमा हेर्नुहाेस्...