एक्टीभ स्कुलमा खानाका परिकार
मंसिर २२, २०८०, शुक्रबार | दिउँसो १२:३५ बजे | 85
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचोस्थित एक्टीभ इ»्ग्लिस स्कुलको २८ औं स्थापना दिवसको उपलक्ष्यमा विविध कार्यक्रम सहित खानाका परिकारहरु तयार गरियो । स्कुलका विद्यार्थीलाई सामान्य प्रशिक्षण र तालिम पछि विद्यार्थीहरुले तयार पारेका परम्परागत खाना खाएर शिक्षक अभिभावक एवं विद्यार्थीहरु द»्ग परेका थिए । उक्त अवसरमा आयोजित कार्यक्रममा एक्टीभ ई. स्कुलका संस्थापक प्रिन्सिपल आशाहरि प्रजापतिले न्युन शुल्कमा गुणस्तरीय, व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको एक्टभि स्कुलले व्यवहारिक शिक्षामा पनि जोड दिएको बताउनु भयो । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले योमारी, चटामारी, बारा, नेवारी खाजा, मःम लगायतका परम्परागत खाजा तयार गरेका थिए । घरमै आफैंले तयार गरेको खाजा र खाना सफा, सस्तो अनि पौष्टिक हुने सन्देश सहित विगत एक दशकदेखि स्कुलको स्थापना दिवसको अवसरमा सामान्य तालिम सहित खाना महोत्सव पनि गरिदैं आएको स्कुलका निर्देशक आशाहरि प्रजापतिले जानकारी दिनुभयो । स्कुलका प्रिन्सिपल विजय प्रजापतिले स्कुलको वार्षिक गतिविधि सहित किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको सर्वा»्गीण विकास गरिरहेको बताउनु भयो । प्रिन्सिपल प्रजापतिले समयसापेक्ष खेलकुददेखि विभिन्न व्यक्तित्व एवं नेतृत्व विकासका कार्य गर्दै आएको एक्टीभ स्कुलले प्रत्येक वर्ष स्थापना दिवसका दिन विभिन्न परम्परागत खानाहरुको महोत्सव गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रमका शिक्षकहरु सागर गुरागाईं, उर्मिला प्रजापति, विद्यार्थीहरु पविना मिजार, दिपेश तामा» लगायतका वक्ताहरुले कार्यक्रमको उद्देश्य सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वार्षिक पुरस्कार वितरणसँगै विद्यार्र्थीहरुले विभिन्न भेषभूषामा सजिएर आकर्षक नृत्य प्रस्तुत गरेका थिए । स्कुलका निर्देशक र प्रिन्सिपलले संयुक्त रुपमा वार्षिक पुरस्कार प्रदान गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता, लघुकथा, प्रहसन, जनचेतनामूलक नाटक, अभियन सहित आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले उपस्थित अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीलाई भरपुर मनोरञ्जन प्रदान गरिएको उक्त कार्यक्रम एक्टीभ स्कुल परिसरमा भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नेवारी नृत्य सहित लाखे नाच र धिमे बाजा बजाएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...